ताजा अपडेट »

तिनाउ बोर्डिङ्गद्वारा आश्रमलाई सहयोग

बुधबार, २५ बैशाख २०७६, २१ : ४८
112 Shares
बुधबार, २५ बैशाख २०७६
112 Shares

बुटवल २५,
बुटवल । तिनाउ ई.बो.स्कुल,बुटवलले अपाङ्ग असाहय तथा अनाथहरुलाई सहयोग प्रदान गरेको छ । विद्यालयमा गठित तिनाउ जुनियर रेडक्रस सोसाइटीको आयोजना र क्लवका सम्पूर्ण सदस्यहरुको सहभागितामा आश्रममा खाद्यान्न,फलफुल तथा नगद वितरण गरिएको हो । बुटवल १३ प्रगतिनगरमा रहेको नेपाल अपाङ्ग तथा अनाथालय आश्रममा रहेका झन्डै ३५ जना अनाथ तथा अपाङ्ग भएका व्यक्तिहरुलाई दाल,चामल, तेल,चाउचाउ,फललफुल तथा नगद समेत प्रदान गरिएको थियो ।

अन्तराष्ट्रिय रेडक्रस स्थापना दिवसका अवसर पारेर गरिएको उक्त क्रार्यक्रममा विद्यालयबाट झण्डै १५० जना विद्यार्थीहरु तथा शिक्षक तथा शिक्षिकाहरुको सहभागिता रहेको थियो । क्रार्यक्रममा विद्यालयका अध्क्षय यज्ञमुर्ती पाण्डेले विद्यालयले यस्ता किसिमका सहयोगका क्रार्यक्रमहरु हरेक वर्ष पटक–पटक गर्दै आएको र आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता जाहेर गरे ।

सोही अवसरमा बोल्दै विद्यालयकी प्राचार्य सिता पाण्डेले विद्यालयले विद्यार्थीहरुलाई पढाईमा मात्र केन्द्रित नगरि विभिन्न किसिमका सामाजिक क्रियाकलापहरुमा संलग्न गराउनाले उनिहरुमा अनुशासन,नैतिकता लगाएत अन्य ब्यक्तिगत विकाशमा टेवा पुग्ने बताइन् । कार्यक्रम तिनाउ जुनियर रेडक्रस सोसाइटिकी इन्चार्ज मेट्रिका जि.सी.को अध्यक्षता,बादल सापकोटा र शिक्षक अमृत बस्यालको संयोजकत्वमा भएको विद्यालयका सुपरिवेक्षक इश्वरी प्रसाद पाण्डेले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।