ताजा अपडेट »

कसौधन युवा समितिद्वारा शैक्षिक सामाग्री सहयो

शनिबार, २५ पुस २०७७, १७ : १६
10 Shares
शनिबार, २५ पुस २०७७
10 Shares

बुटवल । कसौधन युवाहरुको संगठित संस्था कसौधन युवा समिति बुटवल रुपन्देहीले पाल्पाको रुपा प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिकसँगै आवश्यक सामाग्री सहयोग गरेको छ । युवा समितिले पाल्पाको तिनाउ गाउँपालिका नुवाकोटमा रहेको रुपा प्राविमा अध्ययनरत २४ जना विद्यार्थी र बालबालिकाहरुलाई स्कुल ब्याग, कपी कलम, खाजा, मास्क लगायतका सामग्री सहयोग गरेको हो ।

विद्यालयको पुर्वप्राथमिक तहमा अध्ययन गर्ने विद्यार्थीको सहयोगका लागि पीफर्म र कार्पेट समेत सहयोग गरिएको युवा समितिका अध्यक्ष राकेश कुमार कसौधनले जानकारी दिए । उक्त सामग्री एक कार्यक्रमका बीच समितिका अध्यक्ष कसौधनले विद्यालयका प्रधानाध्यापक पर्शुराम शर्मालाई हस्तान्तरण गरे । सो अवसरमा प्रधानाध्यापक शर्माले विद्यालयल तथा विद्यार्थीलाई शैक्षिक तथा अन्य आवश्यक सामग्री सहयोग गरेर युवा समितिले उदाहरणीय कार्य गरेको भन्दै प्रशंसा गरे ।

कार्यक्रममा समितिका संस्थापक अध्यक्ष धर्मेन्द्र कसौधन, महिला समितिका अध्यक्ष पुनम कसौधन, उपाध्यक्ष प्रियंका कसौधन, कोषाध्यक्ष दिपककुमार कसौधन, अमन कसौधन, बलराम कसौधन, राजेश कसौधन, प्रदिप कसौधन, जितेन्द्र कसौधन, शिवम् कसौधन लगायतले समितिले समाजिक उत्तरदायित्व बहन गर्ने खालका कार्यक्रमहरु सक्रिय रुपमा गर्दे जाने बताए । रुपा प्राविलाई समितिका युवाहरुले संकलन गरेको २६ हजारबढी रुपैयाको शैक्षिक सामग्री सहयोग गरिएको समितिका कार्यक्रम संयोजक धर्मेन्द्र कुमार कसौधनले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।