ताजा अपडेट »

ब्रुस लीलाई आदर्श मान्ने राजन

विहीबार, २३ पुस २०७७, १९ : १३
88 Shares
विहीबार, २३ पुस २०७७
88 Shares

राजन श्रेष्ठ बाल्यकालदेखि नै हलिउडका अभिनेता ब्रुस लीबाट अत्यन्त प्रभावित थिए । उनको चलचित्रबाट प्रभावित उनले कोठाको भित्ताभरी ब्रुसलीको पोष्टर टाँसेर कराँते अभ्यास गर्थे । ब्रुस लीको जस्तो ज्यान बनाउने तीब्र ईच्छामा म्हैंपी मन्दिर आसपास प्रशिक्षण लिन थाले ।

कराँते खेलकाे अभ्यासको क्रममा Weight Training शुरु गर्दै गर्दा नजानिंदो तरिकाले शारीरिक सुगठन खेल तर्फ आकर्षित भए । घर नजिकै देशकै जेठो ब्यायामशाला, नेपाल ब्यायाम मन्दिर थियो । २०४० साल तिर नेपाल ब्यायाम मन्दिर प्रवेश गरे । तत्कालीन शारीरिक सुगठनका चर्चित खेलाडी अग्रजहरु सरोज श्रेष्ठ, उदय बहादुर श्रेष्ठ र तिर्थ महर्जनबाट उनि प्रभावित हुदै उनिहरुको नै प्रशिक्षणमा शारीरिक सुगठन अभ्यास गर्ने थाले । उनको पहिलो प्रतियोगिता २०४३ सालमा दोश्रो अन्तरक्लव “धर्म श्री” शारीरिक सुगठन प्रतियोगिता थियो ।

पहिलो प्रतियोगितामा नै उनि आफ्नो तौल समूहमा स्वर्ण पदक जित्न सफल भए । बिगतलाई स्मरण गर्दै राजन भन्छन्, "त्यस समय नेपाल ब्यायाम मन्दिरमा अभ्यास गर्ने हलमा भूंई माटोको थियो । काठका बेञ्च, काठकै स्ट्याण्डहरु थिए । तर ब्यायाम मन्दिरको अस्तित्वको लडाईंको चुनौतिपूर्ण अवस्थामा त्यस स्थित सम्म ब्यायाम मन्दिरलाई जिबितै राख्नु पनि सह्राहनिय कार्य थियो ।

निजि क्लबहरुमा आधुनिक फिटनेस Equipment हरु को प्रयोगको शुरुवात् भईसकेको थियो, तर देशकै जेठो ब्यायामशालाको अवस्था देख्दा उनले साह्रै असहजता महशुस गरे । सोहि क्रममा सहमतिमा नै २०४८ साल मा ज्ञानेन्द्र नकर्मीको नेतृत्वमा नेपाल व्यायाम मन्दिरको नयाँ कमिटि गठन गरियो । नवगठित कमिटिमा मैले सचिवको जम्मेवारी पाए । तत्काल नेपाल ब्यायाम मन्दिरको पुनर्निर्माण शुरुवात् गरियो । आधुनिक Gym Hall, Steel Equipment, Wall Size Mirrors, Carpeted Floor मा परिबर्तन लगायतका कार्यहरु सम्पन्न गरियो ।" राजनका पिता बर्ण बहादुर श्रेष्ठ समेत आफ्नोसमयका कुशल कुस्तीबाज थिए ।

उनले नेपाल ब्यायाम मन्दिर व्यायाम गर्ने गर्थें । उनको समेत ब्यायाम मन्दिरको स्थापना र संरक्षणमा महत्वपूर्ण भूमिका रहेको थियो । हाल उनि नेपाल व्यायाम मन्दिर राष्ट्रिय परिषद सदस्य छन् । आफ्नो मार्गदर्शक तथा प्रेरणाका श्रोतका रुपमा राजन आफ्ना पिता लाई मान्दछन् । समयको परिवर्तनसँगै नेपाल ब्यायाम मन्दिरको आर्थिक स्रोतको ब्यबस्थापन कमिटिमा रहेर नेपाल ब्यायाम मन्दिरको आधुनिकिकरणमा योगदान दिन पाउंदा ठुलो आत्मसन्तुष्टि प्राप्त गरेको राजन बताउँछन् । त्यसै बीच चर्चाको शिखरमा रहेको धर्म श्री राष्ट्रव्यापी शारीरिक सुगठन प्रतियोगिता लामो समय देखि रोकिएको थियो ।

नव गठित कमिटीले धर्म श्री प्रतियोगितालाई निरन्तरता दिन पहल कदमी लियो । २०५३ साल नारायण प्रधानको नेतृत्वमा गठित नेपाल व्यायाम मन्दिर कमिटिमा उपाध्यक्ष भएर काम गर्ने अवसार उनले पाएका थिए । शारीरिक शुगठन खेल अन्य खेल भन्दा अत्यन्त फरक खेल हो । यसका लागि कठिन अभ्यास, अनिबार्य पौष्टिक खानपान र आराम अत्यन्त जरुरी रहेको राजनको बुझाइ रहेको छ । राजनले पुलचोक इन्जिनियरिङ कलेजबाट शहरी योजना बिषयमा M.Sc उतिर्ण गरेका छन् । हाल उनि नेपाल टेलिकम मा बरिष्ठ ईन्जिनियर रुपमा कार्यरत छन् ।

राजनलाइ पेशा र पढाईका कारणले शारीरिक शुगठन अन्य प्रतियोगितामा सहभागिता जनाउन सम्भव भएन। पछि उनि देशकै सफल उधमी राजेश बाबु श्रेष्ठ को नेतृत्वमा २०६२ सालमा गठित ने शा शु तथा फिटनेश संघको केन्द्रीय कमिटिमा सचिव भएर काम गरे । राजेश बाबु श्रेष्ठको प्रशंसा गर्दै राजन भन्छन्, "उहांको कुशल नेतृत्वमा गठित कमिटिको कार्यकाललाई नेपालमा शा शु खेल बिकाश को Point of Departure भन्दछुं म । यो समयाबधी नेपालको शा शु खेल को Golden Era हो ।" उनले २०६२ देखि २०७३ सम्म ने शा शु तथा फिटनेश संघ सचिब भएर जिम्मेवारी कुशलता पुर्वक संभाले । राजनले २०७३ देखि २०७६ ने शा सु तथा फिटनेश संघको महासचिब हुने अबसर पाए ।

उनले २०६४ सालमा राष्ट्रिय स्तर निर्णायक तालिम लिए । पछि उनले अन्तरराष्ट्रिय निर्णायकको लाइसेन्स समेत लिन सफल भए । उनले सन् २००९ मा बाराणसीमा सम्पन्न 6th South Asian Men's Bodybuilding Championship र सन् २००९ मा दुबईमा सम्पन्न 1st WBPF World Championship निर्णायकको भूमिका निर्वाह गरेका छन् । उनले South Asian Bodybuilding & Fitness Federation को Judges Committee को सचिब मनोनित भई काम गरेका छन् । यस खेलमा लामो समय योगदान गरे वापत दि थुप्प्रै राष्ट्रिय अन्तराष्ट्रिय संघ संस्थाहरुले सम्मानित गरिसकेको छ ।

सन् २०१० मा नेपालमा आयोजित 7th South Asian Bodybuilding Championship जुनमा अन्तराष्ट्रिय महासंघबाट उनि Diamond Pin बाट सम्मानित भएका थिए । अन्तराष्ट्रिय स्तरमा शारीरिक सुगठन खेललाई विषेश योगदान पु-याए वापत २०१९ जुलाई मा अन्तराष्ट्रिय महासंघबाट स्वर्ण पदकले विभूषित भएका थिए । २०१९ जुलाई मा दक्षिण एशियाली शारीरिक सुगठन महासंघबाट Appreciation Certificate समेत प्राप्त गरेका छन् ।

सितु प्रसाद श्रेष्ठ
लेखकको बारेमा
सितु प्रसाद श्रेष्ठ
स्तम्भकार