ताजा अपडेट »

अगुवा बिजयलाल कायस्थ

विहीबार, २३ पुस २०७७, ०७ : १०
56 Shares
विहीबार, २३ पुस २०७७
56 Shares

समाजले शारीरिक सुगठनमा लाग्ने व्यक्तीलाई हेर्ने दृष्टिकोण बिगतदेखि हिजो आजसमेत सकारात्मक हुन सकेको देखिदैन । सुकुलगुण्डा, दादा आदि इत्यादि जस्ता उपनामले बिभुषित गर्ने हतार गरेको देखिन्छ । तर उनलाई थाह छैन यस खेलमा लाग्ने असंख्य व्यक्तिहरु याेग्यताकाे कसि पार गर्दै कडा अनुशासनको पालन गरेर ज्यान सुगठित मात्र बनाएका छैनन् अपितु सरकारी सेवाको उच्च पदमा पुग्ने सफलता प्राप्त गरेका छन् ।

यस्तै खेलाडी मध्ये एक हुन बिजय कायस्थ । नेपाल शारीरिक सुगठन तथा फिटनेस संघका वर्तमान प्रथम उपाध्यक्ष समेत रहेका कायास्थ नेपाल प्रहरी विभागमा प्रहरी निरीक्षक पदबाट सेवा प्रवेश गरेर प्रहरी अतिरिक्त महानिरीक्षक जस्तो गरिमामय पदमा पुगेर सेवानिवृत भएका थिए । सानैदेखि खेलकुदमा विशेष रुचि लिने बिजयले २०३५ साल तिर नरदेवी स्थित नेट जिममा सदस्य भएर व्यायाम गर्न थाले । पछि २०३८ साल तिर नेपालकै जेठो व्यायामशाला नेपाल व्यायाम मन्दिरमा पुगे । उतिवेला शारीरिक सुगठन खेलका प्रतियोगिताहरु बिरलै मात्र हुने गरेकाे बिजय बताउँछन् । वि.स. २०४० सालमा राष्ट्रिय खेलकुद परिषदबाट आयोजना भएको तेश्रो राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिता उनले सहभागिता जनाउदै चौथो स्थान प्राप्त गर्न सफल भए ।

२०४१ सालमा धनगढीमा भएको चौथो राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा उनले कास्य पदक जित्न सफल भए । २०४२ सालमा बिरगंजमा भएको पाचौ राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा उनि रजत पदकलिन सफल भएका थिए । सक्रिय खेल जिवनबाट बिश्राम लिएपछि बिजयले राष्ट्रिय निर्णायकको लाइसेन्स लिए । पछि उनले अन्तराष्ट्रिय निर्णायकको लाइसेन्स लिन समेत सफल भए । शारीरिक सुगठन खेलमा खेलाडीहरु मध्ये कसरी उत्कृष्टता जाँच गरिन्छ भन्ने हाम्रो प्रश्नको जवाफमा उनि भन्छन्-यस खेलमा खेलाडी छनौटका पाँचवटा आधारमा विजेता घोषित गरिन्छ। ति आधारहरु Symmetry, Proportionate , Muscularity, Density र Posing Skills हुन् । बिना दृढ सङ्कल्प शारीरिक सुगठनमा लागेका खेलाडीले ज्याम बनाउन कठिन छ ।

सन्तुलित आहार उचित भोजन र प्रयाप्त विश्रामको संयोजनले नै सुगठित र बलिष्ठ शरीरको निर्माण हुने उनको भनाई छ । बिगतका पाना पल्टाउदै उनले भने २०६२ सालपछि अधिवेशन सम्पन्न भएर राजेश बाबु श्रेष्ठ नेतृत्वमा आए, त्यसपछिको समयलाई शारीरिक सुगठनमा स्वर्णकालको रुपमा हेरिन्छ । उनको तर्क छ नया टिम बने पछी शारीरिक सुगठन खेलले निकै फराकिलो फड्को मारेको छ । राष्ट्रिय प्रतियोगिताहरुलाई निरन्तरता दिने मात्र नभएर अन्तराष्ट्रिय प्रतियोगिता नेपाली खेलाडीहरुको सहभागिता सुनिश्चितता दिने प्रयासहरु निरन्तर रुपमा भएका छन् । शारीरिक सुगठन खेलमा बिरलै मात्र देखिने महिलाहरूको उपस्थिति बढाउनलाई समेत यस अवधिका संघले ठूलो भूमिका रहेको देखिन्छ ।

बिगतका भोगाइका पुन्तुरा फुकाउँदै उनले भने, "नेपालले अन्तर्राष्ट्रिय प्रतियोगिता संचालनमा समेत प्रभावकारी व्यवस्थापन गर्ने अब्बलता हासिल गर्दै नेपालले यस खेलमा आफ्नो उपस्थिति जोडदार ढंगले दक्षिण एसियाली देशहरुमा आफ्नो उपस्थिति दर्ज गराउन सफल भएका छौ । विगतमा दक्षिण एसियाली खेलहरुमा केही पदकमा मात्र सीमित रहेको नेपाल, पछिल्लो चरणमा दक्षिण एशियाली मुलुकहरुमा मात्र नभएर एसियाली र बिश्व स्तरमा नै शारीरिक सुगठन खेलका विभिन्न विधाहरुमा देशको झण्डा विदेशी भूमिमा फहराउन सफल भएको देखिन्छ ।

संघको व्यवस्थापनमा १२औं दक्षिण एसियाली प्रतियोगिता भव्य रुपमा सफलतापूर्वक सञ्चालन गरेर विश्वलाई अब हामी विश्व च्याम्पियनशिप समेत गर्न सक्षम रहेको जानकारी दिन सफल भएको उनले बताए । उनि नेपालले प्रतिनिधित्व गरेको दर्जनै अन्तराष्ट्रिय प्रतियोगिताहरुमा अफिसियल तथा निर्णायकका रुपमा समेत सहभागि भएका छन् । २०७६ सालमा बिजय South Asian Body Building & Fitness Federation को कार्यकारी उपाध्यक्षमा चयन भएका थिए । हालै मात्रै उनि २ नम्बर प्रदेश सरकारको सुरक्षा सल्लाहकारमा नियुक्त भएका छन् ।

अन्तराष्ट्रिय स्तरमा शारीरिक सुगठन खेललाई विषेश योगदान पुयाए वापत उनलाइ सन् २०१० जुन १९ तथा २०१९ जुलाई १९ मा अन्तराष्ट्रिय महासंघबाट स्वर्ण पदकले समेत विभूषित भैसकेका छ । शारीरिक सुगठन खेललाई समृद्ध पर्ने सन्दर्भमा लामो समयदेखि नेतृत्वदायी भुमिका निर्वाह गरिरहेका बिजयलाल कायस्थकाे यस खेलप्रतिकाे अनुराग बढ्दै जावस् हाम्रो शुभकामना छ ।

सितु प्रसाद श्रेष्ठ
लेखकको बारेमा
सितु प्रसाद श्रेष्ठ
स्तम्भकार