नेपाल कम्युनिष्ट पार्टी २००६ साल वैशाख १० गते भारतको कलकत्ता स्थित स्याम बजारमा गठन भएको थियो । जसमा पुष्पलाल श्रेष्ठ र नरबहादुर कर्माचार्य लगायत ५ जना स्थापक सदस्य थिए । स्थापनाको दश वर्षमै २०१७ सालमा राजा महेन्द्रले आफ्नो सत्ता हातमा लिएपछि पुष्प लाल श्रेष्ठ, र मनमोहन अधिकारी, केशरजङ रायमाझी बीच विवाद भएर पार्टी फुट्यो ।
तेश्रो महाधिवेशनपछि २०२५ सालमा बिभाजनहुँदा तुल्सिलाल अमात्य र पुष्पलाल श्रेष्ठ छुट्टिए । २०१८ सालमा सिपी मैनालीले झापा जिल्ला कमिटी र मोहन बिक्रम सिंहले केन्द्रीय न्युक्लियस बनाए । यस बेला केपी ओली मैनाली तिर थिए भने प्रचण्ड सिंह पट्टी थिए । २०३५ सालमा नेकपाको नेता पुष्पलालको निधन भयो । पुष्पलालको निधनसंगै साहाना प्रधानले पार्टी सञ्चालन गरिन भने २०३५ साल पुसमा सिपी मैनालीले माले गठन गरे । २०३६ सालमा मनमोहन अधिकारीले नेकपा मनमोहन भन्ने आफ्नै नामको पाटी खोले । जनमतसंग्रहहुँदै मैनालीले बहिष्कार गरे भने अधिकारीले काङ्ग्रेसलाई साथ दिए ।
२०४३ सालमा अधिकारी र साहाना प्रधान बीच पार्टी एक भएर नेकपा माक्र्सवादी बन्यो । २०४६ सालमा जन आन्दोलन गर्न अधिकारी र माले बीच संयुक्त बाम मोर्चा बन्यो र संसदीय अभ्यास जबज लिएर आयो । महाकालीको विषयमा विवाद हुँदा माधवकुमार नेपाल र केपी ओली एकातिर र बामदेव गौतम अर्को तिर हुँदा पार्टी बिभाजन भयो । गौतम एमालेमा पाँच वर्षपछि फर्किए भने मैनाली अझै मालेमा छन् ।
माओवादीको यात्रा २०३६ सालको जनमत संग्रहमा मोहन बिक्रम सिंहले बहिष्कार गरे भने, निर्मल लामाले भाग लिन चाहान्थे । २०४० सालमा पार्टी फुटेपछि लामाले नेकपा चोथौ दल स्थापना गरे भने, महोन बिक्रमले नेकपा मसाल स्थापना गरे । मसालको पाचौं महाधिवेशनले सिंहलाई यौन दुराचारको आरोपमा बहुमतले कारबाही गर्यो । जस्को नेतृत्व पुष्पकमल दाहालले गरेका थिए । २०४१ सालको मसालको महामन्त्री महोन वैद्य निर्वाचित भए । यता सिंहलाई कारबाही गरेपछि चित्रबहादुर केसी सहित नयाँ पार्टी मसाल स्थापना भयो । मोटो मशाल की पातलो मसाल भन्ने विवाद लामो समय रह्यो ।
२०४५ सालमा नेकपाको महामन्त्री पुष्पकमल दाहाल बने । २०४६ सालमा बाममोर्चामा सहभागी नभएर मोटो मशाल, पातलो मसाल, नेपाल मजदुर तथा किसान पार्टी, नेकपा चौथो, संयुक्त मिलेर संयुक्त जनआन्दोलन संयुक्त समिति बनाए । बहुदलपछि सबै एक भएर नेकपा एकता केन्द्र बन्यौं दुई वर्ष पछि, पुष्पकमल दाहाल माओवादीको नाममा सशस्त्र सङ्घर्षमा लागे भने नारायण काजी श्रेष्ठ अमित शेरचनहरू नेकपा एकता केन्द्रमै रहे ।
२०५९ मा मोहन बिक्रम सिंहको मसाल र नारायण काजी श्रेष्ठको एकता केन्द्र बीच एकता भयो । फेरि माओवादीलाई हेर्ने दृष्टिकोण मै बिभाजित भए माओवादीमा एकता केन्द्र मिसियो । शान्ती प्रक्रियामा आएको माओवादी अहिले झन्डै ६ चिरामा बिभाजित छ । दाहाल नेतृत्वको माओवादी मोहन बैद्य नेत्रविक्रम चन्द, मात्रीका यादव, बाबुराम भट्टराई, पटक-पटक एकता र फुट गर्दै, फरक फरक कित्तामा छन् । अहिले पनि दर्शन भन्दा बढी पार्टी अस्तित्व मै छ ।
यसरी कहिले सिद्धान्तको नाममा कहिले बिचार र कहिले पद र पैसाको नाममा कहिले यौन दुराचारको आरोपमा कम्युनिष्टहरू दर्जनौं पटक फुटेका छन् । तात्कालीन नेकपा एमाले र माओवादी एक हुँदा पनि फुटको राजनीतिबाट बिक्षिप्त कम्युनिष्टहरू संगै रहन नसक्ने सबैको अनुमान दुई वर्ष कै अवधिमा सत्य सावित हुने क्रममा छ । लगभग भैसक्यो भन्दा पनि हुन्छ । मात्र आधिकारिकताको एउटा सानो त्यान्द्रो मात्र बाँकी छ ।
लाग्छ यि कम्युनिष्टहरूका यस्ता हर्कतले गर्दा देश पटक-पटक गृहयुद्धमा गएको छ । देशमा ठूला–ठूला संकटमा परेको छ । नेताहरुको कुकृत्य सत्ता लोभ लालजले गर्दा देश झन्-झन् गरिबी तिर गएको छ । देशमा लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था भएपनि अझै पनि देश कुनै लोकतन्त्रको साच्चै आभास भएको छैन । नेताहरुको यस्ता हर्कत र सत्ता मोहले देश पटक-पटक अनिर्णयको बन्दि भएको छ । नेताहरु पूरै भष्ट्रचारमा लिप्त हुँदा नागरिकका समस्या झन्-झन् जटिल बन्दै गएको छ । त्यसैले आम नागरिकको ठम्याइ यो छ कि देशमा संसदीय व्यवस्था पनि असफल भएको हुँदा यो संसदिय व्यवस्थालाई नै खारेज गर्नु पर्ने र देशमा प्रत्यक्ष जनताबाट निर्वाचित कार्यकारीको व्यवस्था ल्याउनु पर्ने अति आवश्यक, अपरिहार्य छ । यो आवाज जनमानसमा उठिरहेको छ ।
आमनागरिक फेरि एकपटक यो व्यवस्था परिवर्तन गर्नको निमिक्त सशस्त्र सङ्घर्ष गर्नुपर्ने स्थिति देखिएको छ । यो देश परिवर्तन भएको देख्न चाहाने हो भने । आम नागरिक सचेत हुनुको अर्को कुनै विकल्प नै छैन । बिभिन्न कालखण्डका दल नेता र व्यवस्थाको ईतिहासलाई पल्टाएर हेर्ने हो भने जे-जस्तो राजनीतिक परिवर्तन भए पनि जनताको सोचमा परिवर्तन भएन भने कुनैपनि औचित्य रहँदैन रहेछ । हामीलाई ईतिहासले धेरै सिकाएको छ । यसबाट हामीले केहि सिकौं र सचेत नागरिक हुनुको दायित्व पूरा गरौं । यो देश परिवर्तन भएको हेर्न चाहाने हो भने ।
प्रतिक्रिया