हरेक खेलाडीको आफ्नै संघर्षको कथा हुन्छ । आज हामी निरन्तर संघर्ष गर्दै सफलताको सिंढी उक्लदै गरेका उदयमान खेलाडी कृष्ण श्रेष्ठको बारेमा चर्चा गर्दैछौं । पिता छवि प्रसाद श्रेष्ठ र माता भिमकुमारी श्रेष्ठको सुपुत्रका रूपमा २०४८ साल भाद्र ४ गते कृष्ण श्रेष्ठको जन्म गुल्मी जिल्लामा भएको थियो आफ्नै सहोदर काका सन्ताेष कुमार श्रेष्ठको प्रेरणाबाट व्यायाम गर्न सुरुवात गरेका कृष्णले बुटवल ट्राफिकचोक स्थित कृष्ण जिम सेन्टरबाट व्यायाम गर्न प्रारम्भ गरेका थिए । उनले शारीरिक सुगठन खेलमा प्राप्त गरेका उपलब्धिहरु यसप्रकार रहेका छन् ।
–२०७० सालमा रुपन्देही जिल्ला शारीरिक सुगठन सङ्घको आयोजनामा भएको बुटवल श्री लुम्बिनी अञ्चलस्तरीय शारीरिक सुगठन प्रतियोगितामा ६० केजी तौलसमूहमा प्रतिस्पर्धा गर्दै रजत पदक पाउन सफल ।
–२०७० सालमा कास्की जिल्ला शारीरिक सुगठन संघको आयोजना भएको दोश्रो माछापुच्छ्रे शारीरिक सुगठन प्रतियोगितामा ६० केजी तौलसमूहमा प्रतिस्पर्धा गर्दै रजत पदक प्राप्त ।
–२०७० सालमा भएको १४ औं राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिता ६० केजी तौलसमूहमा प्रतिस्पर्धा गर्दै रजत पदक।
–२०७३ साल कास्की जिल्ला शारीरिक सुगठन सङ्घको आयोजनामा भएको तेस्रो मिष्टर माछापुछ्रे पश्चिमाञ्चल स्तरीय शारीरिक सुगठन प्रतियोगितामा ७५ केजी तौलसमूहमा प्रतिस्पर्धा गर्दै स्वर्ण पदक पाउन सफल ।
–२०७३ सालमा बुल्समैन पोखराको आयोजनामा भएको दोस्रो बुल्समैन राष्ट्रब्यापी शारीरिक सुगठन प्रतियोगितामा ७५ केजी तौल समूहमा पाचौं स्थान ।
–२०७५ सालमा कास्की जिल्ला शारीरिक सुगठन संघको आयोजनामा भएको चौथो मिष्टर माछापुच्छ्रे प्रतियोगितामा ७५ केजी भन्दा माथिको तौलसमूहमा प्रतिस्पर्धा गर्दै स्वर्ण पदक जित्दै उपाधि कब्जा गर्न सफल ।
–२०७६ कपिलवस्तु जिल्ला शारीरिक सुगठन सङ्घको आयोजनामा भएको कपिलवस्तु श्री राष्ट्रब्यापी शारीरिक सुगठन प्रतियोगितामा ७५ केजी तौल समूहमा चौथो स्थान प्राप्त ।
–२०७६ सालमा रुपन्देही जिल्ला शारीरिक सुगठन सङ्घको आयोजनामा भएको नवौं बुटवल श्री अन्तरप्रदेश स्तरिय शारीरिक सुगठन प्रतियोगितामा ७५ केजी तौलसमूहमा प्रतिस्पर्धा गर्दै स्वर्ण पदक जित्दै उपाधि कब्जा गर्न सफल ।
–२०७६ ऐलाईनेट जिम धराननको आयोजनामा भएको तेस्रो नेपाल च्याम्पियन शारीरिक सुगठन प्रतियोगितामा ७५ केजी तौल समूहमा स्वर्ण पदक जित्दै अन्तिम स्पर्धामा उपविजेता हुन सफल ।
आफ्ना सम्पूर्ण शारीरिक पाेजहरू मध्ये कृष्णलाई most muscular पाेज असाध्यै मनपर्छ । खेल जीवनकाे अत्यन्तै स्मरणिय क्षणका रुपमा लगातार मिष्टर माछापुछ्रे प्रतियोगितामा सहभागी हुँदै चाैथाे मिष्टर माछापुच्छ्रेको उपाधि कब्जा गर्न सफल भएको अवसरलाई मान्छन् । खेल जीवनमा सबैभन्दा दु:खद पलका रुपमा नेपालगन्जमा आयोजित १४ औं राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा सहभागी हुन जाने क्रममा घरमा भर्खरै गर्भवती श्रीमतीलाई एक्लै छोडेर जानू पर्दाको पल सम्झन्छन् । त्यो पल उनलाई साह्रै नरमाइलो लागेको उनी बताउँछन् । थुप्रै शारीरिक सुगठन प्रतियोगितामा बिजेता बन्दै शारीरिक सुगठन खेलमा आफ्नो नाम सुनौलो अक्षरमा लेखाउन सफल भएका छन् ।
आफ्नो खेल साधनमा अगाडि बढिरहेका कृष्ण नेपालमा आगामी वर्ष हुन गरिरहेका विभिन्न प्रतियोगिताहरु तयारी गरिरहेको बताउँछन् । कृष्ण भन्छन् , "काेभिडकाे महामारीले यश वर्ष राेकिएर आगामी साल हुन लागिरहेको मिष्टर रामापिथेकस, धर्म श्री, मि काठमाडौं लगायत ठूला राष्ट्रिय प्रतियोगिताको तयारी गरिरहेको छु, अवसर पाएकाे खण्डमा अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत सहभागिता हुने योजना छ ।" हाल सैनामैना नगरपालिकामा आफ्नै लगानीमा फिटनेस टाइम जिम हल संचालन गरिरहेका कृष्ण आफू लाई परिवारकाे ठुलो सहयाेग रहेको बताउँछन् ।
प्रतिक्रिया