बुटवल । नेपाली राष्ट्रिय टोलीका तीन खेलाडी टी–१० लिगका लागि छनोट भएका छन् । बुधबार राती सम्पन्न ड्राफ्टमा अलराउन्डर करण केसी, सोमपाल कामी र कुशल मल्ललाई तीन फरक फरक फ्रेन्चाइज टोलीले अनुबन्ध गरेका छन् । कुशल र करन विदेशी लिग खेल्न छनोट भएको यो पहिलो पटक हो। मल्ल बुटवल देवीनगरका हुन् । खेल युएईमा जनवरी २८ देखि सुरु हुने छ ।
एउटै विदेशी लिगमा तीन नेपाली खेलाडी छनोट भएको यो पहिलो पटक हो। यसअघि गतसंस्करणको ग्लोबल टी–२० लिग क्यानडामा सोमपाल कामी र सन्दीप लामिछाने र गतसंस्करणको टी–१० लिगमा पारस खड्का र लामिछाने छनोट भएका थिए। सोमपाललाई मराठा अरबियन्सले, करन केसीलाई पुने डेभिल्स र कुशल मल्ललाई अबुधाबीले आफ्नो टोलीमा अनुबन्ध गरेका छन्। सन्दीप बीबीएलमा व्यस्त हुने भएकाले उनी अनुबन्ध भएका छैनन् ।पारसलाई भने अबुधाबीले खेलाडीको रुपमा नभइ मेन्टरका रुपमा अनुबन्ध गरेको छ।
प्रतिक्रिया