ताजा अपडेट »

पुलमा टिकटक बनाउने क्रममा खसेर एक युवक गम्भीर घाइते

शनिबार, ०४ पुस २०७७, २३ : ०४
80 Shares
शनिबार, ०४ पुस २०७७
80 Shares

दाङ्ग । दाङको पर्यटकीय स्थल पुरन्धारा छहरा नजिकैको झोलुङ्गे पुलमा टिकटक बनाउने क्रममा एक युवक खसेर गम्भिर घाइते भएका छन् । पर्यटकीय स्थल छहरामा शनिवार साथीहरुसंग पिकनिक खान गएका २४ बर्षिय रमेश थापा झोलुङ्गे पुलमा फोटो र टिकटक बनाउने क्रममा पुलबाट खसेको प्रत्यक्षदर्शीले बताएका छन् ।

घाईते थापाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारपछि थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर रिफर गरिएको प्रहरीले बताएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिबबहादुर सिंहले शनिवार दिउँसो सवा २ बजेतिर टिकटक बनाउन भन्दै पुलमा झुण्डिएका थापा लडेर गम्भीर घाइते भएपछि संगै गएका उनका साथीहरुले नै उद्धार गरि अस्पताल ल्याएको जानकारी दिए ।

शनिवार रमाईलो गर्ने भन्दै २५/२६ जना साथीहरु मिलेर पर्यटकीय स्थल पुरन्धारा झरनामा पिकनिक खान गएको समयमा थापा टिकटक बनाउन भन्दै बबई नदीमा निर्मित झुलुङ्गे पुलको सपोट तारमा झुण्डिएको सयममा त्यहीबाट खसेका थिए । थापालाई टाउको,अनुहार, छाति लगाएतमा चोट लागेको प्रहरीले बताएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।