तुलसीपुर । पछिल्नो समय कुसुन्डा भाषा लोप हुने अवस्थामा छ । विगतमा फिरन्ते जिवन विताउँदै आएका कुसुन्डा जातिहरु कुनै समय जंगलमै बस्ने गर्दथ्ये । स्थायी घर र बसोबास नभए पनि उनीहरूका आफ्नै कला, संस्कृति र संस्कार थिए । कुनै समय आफूलाई वनराजा भन्दै हिँड्ने कुसुन्डा जातिले वनमा आफ्नो अधिकार भएको ठान्थे ।
वनका उत्पादन नै उनीहरूका आहारा र बासस्थान थियो । उनीहरुले विगतमा जंगलमा पाइने तरुल, गिठ्ठा, तेगुना, कन्दमुल, भार्से, लोखर्के र गोहोरा आदि खाने गर्थे । बसेको ठाउँमा खानेकुरा पाईन छोडेपछि अर्को वनमा बसाइँ सार्थे । तर अहिले उनीहरुको खानपानसमेत बदलिएको छ ।
प्रतिक्रिया