मेरा अधुरो सपनाहरू साकार पार्ने
मेरा गीतहरुमा संगीतका सात सुर भर्ने !
मेरो घरलाई मिठो मुस्कानले उज्यालो पर्ने,
हाम्रा सारा समस्याहरु सरल हल गर्ने !!
जीवनका हरेक मेरा दुखको एउटै दबाई
जीवनलाई हेर्ने होस् हाम्रा साझा बुझाई !
मेरो ताकत मेरा साहस बनोस् मेरो छोरो
मेरो पूँजी, मेरो पहिचान बनोस् मेरो छोरा !!
प्रतिक्रिया