दाङ । हड्डी खिइएर हिँडडुल गर्न सक्दिन, शौच गर्न निकै गाह्रो हुन्छ, घरको काम गर्न पनि अफ्ट्यारो हुन्छ । यसरी म बिरामी हुनेवित्तिकै केटाकेटी विद्यालय जादैनन्, दाङको राप्ती गाउँपालिका वडा नम्बर ८ बिजौरी निवासी लक्ष्मी चौधरीले भन्नीन् । जन्मजातदेखि सिकलेस एनिमिया पिडित भएको बताउने उनीले सुरुमा जण्डिस जस्तो देखिएको र सानै उमेरदेखि रोग पत्ता लगाउन बुटवल, काठमाडौंलगायत भारतको लखनउसम्म धाउनुपर्यो ।
‘धेरै ठाउँमा पुगे तर, रोग पत्ता लागेन । बसेर शौच गर्न गाह्रो हुन्छ ।’-सिकलेस पिडित चौधरीले भननीन्, ‘दशवर्षपछि नेपालगञ्ज भेरि अस्पतालमा चेकजाँचको क्रममा बल्ल रोग पत्ता लाग्यो । म सिकलेस एनिमिया पिडित रहेछु ।’ यसभन्दा पहिले डाक्टरले चेकजाँच गर्ने क्रममा जण्डिस भनेर औषधि दिने गरेका र अहिले उपचारको लागि नेपालगञ्जका साथै त्यहाँ नभए भारत जानुपर्ने बाध्यता सुनाइन् ।
यस्तै राप्ती गाउँपालिका वडा नम्बर ५ निवासी सुनेश चौधरी पनि सिकलेस एनिमिया पिडित हुन् । उनीले भन्ने ‘धेरै खुट्टा दुःख्छ, दुःखाई कम गर्ने सुई लगाउँदा पनि दुःखाई कम हुँदैन । सास रोकिने लगायत धेरै पीडा हुन्छ ।’ उनलाई पनि नजिकै उपचार सेवाप्रदायक संस्था नहुँदा नेपालगञ्ज धाउनुपर्ने बाध्यता छ । सिकलेस पिडित चौधरीले भने ‘हामी सिकलेस पिडित बिरामीलाई धेरै समस्या छ । नजिकै स्वास्थ्य सेवा नहुँदा उपचार गर्न टाढा जानुपर्ने बाध्यता छ । सिकलेस एनिमियाको उपचारको व्यवस्था यहि गरिदिएको भए यसरी छट्पटाउनु पर्ने थिएन होला !’ लकडाउनमा हिडेरै उपचारका लागि भारत जानु परेको बाध्यता उनले सुनाए ।
यता राप्ती गाउँपालिका वडा नम्बर ८ बिजौरी निवासी भगतलाल चौधरीको खुट्टा दुःख्छ, धेरै काम गरेरपछि हात खुट्टाका जोर्नी दुःख्ने समस्याले पिडित उनी कृषि पेशामा अवद्धछन् । ‘काम नगर्ने हो भने खाना पुग्दैन, अन्य आय स्रोत केही छैन ।’-आफ्ना पिडा पोख्दैउनले भने ‘यो रोगका बिरामीले धेरै काम गर्याे भने वेहोस् भइन्छ, नजिकै उपचार गर्ने अस्पताल छैन । उपचारको लागि नेपालगञ्ज वा त्यहाँ नभएको अवस्तामा भारत जानुपर्ने बाध्यता छ ।’ सिसहनिया हेल्थ पोष्टमा निःशुल्क शिविरमा चेकजाँच गर्दा उनलाई सिकलेस पत्ता लागेको हो । यो रोगका पिडितहरुले आफ्नै ठाउँमा उपचारको व्यवस्था गर्नुपर्ने धारण व्यक्त गरेका छन् । प्रतिनिधिसभा सदस्य मेटमणी चौधरीले सिकलेस प्रभावित विरामीहरूसँग अन्तरक्रिया गर्ने क्रममा उनीहरुले उक्त माग राखेकाहुन् ।
सो क्रममा चौधरीले यसै आर्थिक वर्षभित्र सिकलेस एनिमिया पिडितहरूलाई स्वास्थ्य सेवा प्रदान गर्ने आस्वासन दिएका छन् । उनले भने तत्कालका लागि स्वास्थ शिक्षा सचेतना सामुदायिक स्वास्थ्य संस्थाबाट विरामीहरूलाई स्वास्थ्य सेवा उपलब्ध गराउने र सिसहनियामा सिकलेस अस्पताल निर्माण गरि स्वास्थ्य सेवा पुर्याउने प्रतिवद्धता जनाएका हुन् ।
अहिले अलग अस्पताल बनाई सिकलेसका विरामीलाई उपचार गर्दा लामो प्रक्रिया हुने हुँदा दिर्घकालीन योजना बनाएर सिकलेस अस्पताल निर्माण गर्नु पर्नेमा उनले बताए ।
यसैगरी सांसद चौधरीले राप्ती गाउँपालिका सिसहनियामा सिकलेस अस्पताल निर्माण गर्न जग्गाको स्थलगत निरिक्षण तथा अवलोकन गरेका छन् । सदस्य चौधरीले जग्गाको अवलोकन गर्दै निर्वाचन क्षेत्रमा सिकलेस अस्पताल निर्माण गरि विरामीलाई उपचारको लागि बाहिर जानुपर्ने बाध्यता अन्त्य गर्ने प्रतिवद्धता जनाएका हुन् ।
प्रतिक्रिया