ताजा अपडेट »

फर्साटिकर मा.बि.मा परीक्षा संचालन

आइतबार, २१ मंसिर २०७७, १४ : १२
16 Shares
आइतबार, २१ मंसिर २०७७
16 Shares

बुटवल । फर्साटिकर माध्यमिक विद्यालय शुद्धोधन ४ ले भौतिक रूपमा विद्यार्थीहरू विद्यालयमा उपस्थित गराई विभिन्न चरणमा प्रथम त्रैमासिक परीक्षा संचालन गरेको छ । कोभिड १९ ले पारेको प्रभाव सङ्गै अनलाइन, भर्चुअल तथा टोल शिक्षण गर्दै संचालन गरेको शिक्षण प्रर्किया दसै अगाडि नै स्वास्थ्य उपकरणको प्रयोग गरि विद्यार्थीलाई विभिन्न चरणमा विद्यालयमै उपस्थित गराई संचालन गरेको विद्यालयका प्राचार्य देवराज पौडेलले जानकारी गराए ।

आज देखि संचालन भएको परीक्षामा ९६ प्रतिशत विद्यार्थीहरू परिक्षामा सामेल भएको जानकारी गराउदै अबदेखि विभिन्न चरणमा स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै हप्तामा ६ दिनमै कक्षा संचालन गर्ने तयारी भएको साथै विद्यालयलाई नमुना विद्यालय बनाउनका लागि आफुहरू लागिरहेको विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष नर बहादुर घर्तीले जानकारी दिए। यस विद्यालयमा प्राविधिक धार समेत गरी २ हजार विद्यार्थीहरू अध्ययनरत रहेको हुदाँ यसको बिकासको लागि कुनै पनि समस्या आउन नदिने शुद्धोधन गाउँ पालिकाका प्रवक्ता तथा वडा नम्बर ४ का अध्यक्ष राजेन्द्र कंडेलले जानकारी दिए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।