बैशाख ०५,
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको आफ्नै स्याटेलाइट अन्तरिक्षमा पठाइएपछि खुशी व्यक्त गरेका छन् ।
बिहीबार ट्वीट गर्दै प्रधानमन्त्री ओलीले नेपाल अब अन्तरिक्ष युगमा प्रवेश गरेको टिप्पणी गरेका छन् ।स्याटेलाइट निर्माणदेखि प्रक्षेपणको कामसम्म संलग्न रहेका सबै वैज्ञानिकलाई उनले बधाई दिँदै यसबाट नेपालको प्रतिष्ठा बढेको उल्लेख गरेका छन् ।
बिहीबार बिहान २ः३१ बजे अमेरिकाको भर्जिनियाबाट नेपालको भूउपग्रह ‘नेपालीस्याट-१’ अन्तरिक्षमा प्रक्षेपण गरिएको छ । यसको तौल झण्डै एक किलो छ । नेपाली भू-उपग्रहलाई एन्टारेस नामक वायुयानभित्र रहने सिग्नस कार्गो विमानमा राखेर अन्तरिक्षमा पठाइएको छ । यसबाट नेपालले आफ्नो भूभागको मौसम, पानी, तापक्रम आदि समेटिएका तस्वीर र सूचनाहरू प्राप्त गर्न सक्ने छ । यो नेपाली भू-उपग्रह निर्माणमा जापानस्थित नेपाली वैज्ञानिक आभाष मास्के लगायत संलग्न थिए ।
प्रतिक्रिया