ज्ञान नारायण महर्जनको जन्म २०३४ सालमा नागर्जुन नगरपालिका वडा नम्बर ४ सितापाइलामा भएको थियो। घर अगाडिको बाटोमा हिँड्ने ठूला पाखुरा र मिलेको ज्यान भएको बटुवाहरु देखेर उनी पनि आफू उस्तै बनाउने रहर जाग्यो । २०५४ सालदेखि उनले Power Gym स्वयंभुमा व्यायाम गर्न प्रारम्भ गरे । शारीरिक सुगठन खेलमा उनको पहिलो प्रतियोगिता नेपाल व्यायाम मन्दिरले २०६२ सालमा आयोजना गरेको दशौ धर्मश्री राष्ट्रव्यापी शारीरिक सुगठन प्रतियोगिता हो ।
२०६४ र २०६८ मा भएको सोही प्रतियोगिताको एधारौ र बाह्रौं सस्करणमा उनि ६० केजीमा दोश्रो हुन सफल भए । तह्रौ संस्करणमा पनि उनि ६५ केजीमा स्वर्ण पदक लिन सफल भए । उनि आफ्नो लगानीमा वि.स. २०५८ सालमा सितापाइलामा पावर जिम सचालन गरे । त्यसपछि उनले २०६९ सालमा बनस्थली ढुङ्गेधारामा एराइटी फिटनेस एण्ड जिममा सचालन प्रारम्भ गरे । २०६३ सालमा नेपाल शारीरिक सुगठन तथा फिटनेश संघको आयोजनामा भएको दोस्रो मिस्टर हिमालयमा राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिताले उनि ६५ केजी वजन समूहमा चौथो स्थान प्राप्त गरे । सोहि प्रतियोगिताको २०६६ सादमा भएको तेश्रो संस्करणमा उनी ६० केजी तौल समूहमा स्वर्णपदक प्राप्त गर्ने सफलता हात पारे ।
२०७१ सालमा सम्पन्न पाँचौं संस्करणमा उनी आफ्नो बजन समुहमा स्वर्णपदक लिन सफल भए । महर्जन निक्कै सहयोगी स्वभाव मिनलसार रहेको देश विदेशमासँगै खेल खेलेका उनका साथी तथा समकक्षी सचित प्रधान बताउँछन् । उनि भन्छन्, 'ज्ञान निक्कै मेहनती छन् । उनी चाहे प्रतियोगिताका समय होस् वा अन्य खानपानमा सधै बिशेष ध्यान दिन्छन् ।' राष्ट्रिय खेलकुद परिषदद्वारा २०६५ सालमा आयोजना भएको १२ औं राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा उनी ६० केजी तौल समूहबाट प्रथम हुँदै मिष्टर नेपालको उपाधि चुम्न सफल भए त्यसलगत्तै २०६८ सालमा काठमाडौंमा भएको १३ औं तथा ७० सालमा नेपालगन्जमा भएको चौधौं राष्ट्रिय प्रतियोगितामा क्रमशः ६५ केजी र ७० केजी तौल समूहबाट लगातार तीन पटक मिष्ट्रर नेपाल बन्न सफल भए ।
२०७१ सालमा पोखरामा आयोजना भएको प्रथम बुल्समेनमा उनि ७५ केजीभन्दा माथिको समूहमा सहभागी हुँदै स्वर्ण पदक प्राप्त गर्न सफल भए । महर्जनले शारीरिक सुगठन खेलको राष्ट्रिय प्रतियोगितामा मात्र नभएर अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत आफ्नो जोडदार उपस्थिति जनाइसकेका छन् । सन् २००८ मा इन्डोनेसियाको बालीमा आयोजित 1st Asian Beach Games मा उनी आफ्नो बजन समूहमा सातौं स्थान भए । सन् २००९ मा आयोजित छैठौं दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगितामा उनी ६० केजीमा कास्य पदक लिन सफल भए । सन् २०१० मा नेपालमा भएको सातौं दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगितामा ६५ केजीमा चौथो भए ।
सन् २०११ मा भुटानमा भएको आठौं दक्षिण एसियालीमा ६५ केजीमा रजत पदक जिते । सन् २०१४ मा पाकिस्तानको लाहोरमा भएको दशौं दक्षिण एसियालीमा उनि ६० केजी तौल समूहमा स्वर्णपदक जितेर इतिहास कायम गर्न सफल भए । उनले सन् २००९ थाइल्याण्डको पतायामा भएको ४३ औं एसियाली शारीरिक सुगठन प्रतियोगितामा ६० केजी तौल समूहमा एघारौं स्थान पाए । सन् २०११ मा ४५ औं थाइल्याण्ड भएको एसियाली शारीरिक सुगठन प्रतियोगितामा ६५ केजीमा सातौं भए ।
सन् २०१४ मा मकाउ चाइनामा भएको ४८ औं एसियाली शारीरिक सुगठन प्रतियोगितामा ६५ केजीमा छैठौं हुन सफल भए । तेही वर्ष भारतको नयाँ दिल्लीमा भएको अन्तराष्ट्रिय पावर लिफ्टिङ्ग प्रतियोगितामा उनले पुरुष सिनियरतर्फ कास्य पदक हासिल गर्न सफल भएका थिए । यस खेलमा लागेर जीवनमा सारै दु:ख लागेको क्षणका रुपमा तेहौ राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिता महेन्द्रनगरमा हुने भएछ । सोका लागि मध्यमाञ्चल क्षेत्रिय छनौट कार्यक्रम चितवन जिल्लामा राखियो । त्यहाँ पुग्दा स्थानीय व्यवस्थापन गर्ने जिम्मा पाएका संस्थालाइ शारीरिक सुगठन प्रतियोगिता त्यहाँ हुने बारे अनभिज्ञता प्रकट गरे । पछि हतारमा तयारी गरेर छनौट कार्य पुरा भयो । तर बिजेताहरुले पाउने प्रमाणपत्र र मेडलहरु उपलब्ध नभएकाले पछि दिने गरी आयोजकहरुले बिदा गरे । मन दुखाउदै उनि भन्छन्, “एउटा खेलाडी अन्तराष्ट्रिय प्रतियोगिताका लागि तयारी गर्दा वर्षौ मेहनतसहित लाखौं रकम खर्च गरेर मात्र देशको झन्डा बिदेशी भुमीमा फहराउन सफल हुन्छ । तर राज्य उसले पाएको उपलब्धिमा गर्व मात्र गरेर हुदैन उचित मार्गदर्शन सहित आवश्यक सहयोग गर्नु पर्छ।
हाल महर्जन SPORTS NUTRITION NEPALअन्तर्गतकाे UNIVERSAL NUTRITION र ULTIMATE NUTRITiON उत्पादनका ब्रान्ड एम्बेसडर पनि हुन् । हाल उनी एराइटी फिटनेस एण्ड जिममा प्रशिक्षकका रुपमा कार्यरत छन् । बिहानदेखि साझँसम्म आउने प्रशिक्षार्थीहरुलाइ व्यायामका सिप सिकाउँछन् । उनि भन्छन्, “व्यायाम जुनसुकै समयमा गर्न सकिन्छ । तर, विशेषतः बिहान व्यायाम गर्दा दिनभर ताजापनको अनुभूति हुने गर्छ । सुतेर उठ्दा शरीरका मांसपेशी खुम्चने भएकाले पनि बिहानै व्यायाम गर्नु वैज्ञानिक मानिन्छ । खानेकुरा खाइसक्नेबित्तिकै भने व्यायाम गर्नुहुन्न । जाडो समय र कडा खालका व्यायाम गर्नुअघि केही समय ‘वार्म अप’ गर्नुपर्छ ।” साँझ भने सुत्नु तीन घण्टा अगाडि नै व्यायाम गरिसक्नु उपयुक्त मानिन्छ । “शरीर स्वस्थ र फिट राख्न व्यायामसँगै खानपानमा पनि विशेष ध्यान दिनुपर्छ” महर्जन भन्छन्, “कार्बोहाइड्रेट, फ्याट र प्रोटिन भएका सन्तुलित खाना खानुपर्छ ।”
प्रतिक्रिया