चैत २९,
फिलिपिन्स । विश्वमा अहिलेसम्म फेला परेका मानवका विभिन्न प्रजातिमा एउटा अर्को नाम थपिएको छ । नयाँ मानव प्रजातिको अवशेष फिलिपिन्सको एउटा गुफामा फेला परेको हो।
लुप्त भइसकेको यो प्रजातिको अवशेष फिलिपिन्सको सबैभन्दा ठूलो टापु लुजोनमा फेला परेको हो । लुजोन टापुमा भेटिएकाले यो मानव प्रजातिको नाम होमो लुजोनेन्सिस राखिएको छ। होमो लुजोनेन्सिस प्रजातिको शारीरिक विशेषतामध्ये केही अन्य प्राचीन मानव प्रजाति र अहिलेको होमो सेपियन्ससँग मिल्दो जुल्दो छ । यो प्रजाति अफ्रिकाका प्राचीन मानव प्रजातिसँग सम्बन्धित हुन सक्ने अनुमान छ । उनीहरू कालान्तरमा अफ्रिकाबाट दक्षिणपूर्वी एसियामा बसोबास गरेको हुनसक्ने अनुमान छ ।
होमो लुजोनेन्सिसका अवशेष फिलिपिन्सको कालाओ गुफामा भेटिनुअघिसम्म यस्तो हुनु असम्भव ठानिएको थियो । यो नयाँ खोजपछि फिलिपिन्सको र यो क्षेत्रमा मानव प्रजातिको विकास अत्यन्त जटिल थियो होला भन्ने विश्वास गरिएको छ । किनभने यो भूभागमा त्यसअघि नै ३ वा त्यसभन्दा बढी मानव प्रजाति बसोबास गर्थे । त्यस क्षेत्रमा बसोबास गर्नेमध्ये एउटा मानव प्रजाति थियो । पुड्का हबिट वा जसलाई होमो फ्लोरेसिन्सिस भनिन्छ । यो प्रजाति इन्डोनेसियाको फ्लोर्स टापुमा करिब ५० हजार वर्षअघिसम्म पनि बसोबास गथ्र्याे । -एजेन्सी
प्रतिक्रिया