ताजा अपडेट »

आधारभूत तह उत्तीर्ण परीक्षा : सैनामैनाका अनिलको पनि ४ जि.पि.ए

विहीबार, २८ चैत्र २०७५, २१ : ३१
262 Shares
विहीबार, २८ चैत्र २०७५
262 Shares
अनिल घिमिरे -छात्र,सैनामैना मेमोरियल

चैत २८,
बुटवल । सैनामैना नगरपालिकाद्वारा प्रकाशित कक्षा ८ ( आधारभूत तह उत्तीर्ण परीक्षा ) को नतिजामा सैनामैना मेमोरियल स्कुलका छात्र अनिल घिमिरेले पनि ४ जि.पि.ए. प्राप्त गरेका छन् ।निलसँगै सैनामैनामा नगरपालिका स्तरिय आधारभूत तहको कक्षा ८ को परीक्षामा ४ जि.पि.ए. प्राप्त गर्ने विद्यार्थी संख्या ४ पुगेको छ । ४ दिन अगाडि अर्थात २५ गते प्रकाशित नतिजामा सबै बिषयमा A+ आएतापनि नेपाली बिषयमा केबल B+ ग्रेड देखिएको थियो ।

उक्त नतिजाप्रती असन्तुष्टि जनाउँदै घिमिरेले प्राप्त अन्क पुनर्योगका लागि नगरपालिकामा निबेदन पेश गरे पश्चात् उनको नतिजा पुर्नपरिक्षण गर्दा टाईपिङ्ग त्रुटि पत्ता लागेको र नतिजा परिबर्तन भएको नगर शिक्षा अधिकृत धनिश्वर पन्थिले बताए ।

यसैगरी उक्त विद्यालयबाट परिक्षामा सम्मिलित ५८ जना बिद्यार्थीहरु मध्य जि.पी.ए. ३.६० देखि ४ सम्म ल्याउने अन्य बिद्यार्थीहरुमा मन्जु घर्ती ३.९५, आशिष कुवर ३.७८,प्रदिप खनाल ३.७८, प्राप्ती सुवेदी ३.६८,अभिषेक उपाध्याय ३.७८, रबिना गाहा ३.६३, करुणा सर्तुङे मगर ३.६० रहेको बिद्यालयका प्राचार्य जे. बि. क्षेत्रीले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।