ताजा अपडेट »

नवीनमा नतिजा प्रकाशन तथा पुरस्कार वितरण

बुधबार, २७ चैत्र २०७५, २३ : ०७
104 Shares
बुधबार, २७ चैत्र २०७५
104 Shares


चैत २७,
बुटवल । नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालय देवीनगरमा बुधबार नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य दिपा वि.क.ले विद्यालयका अभिभावक, विद्यार्थी र शिक्षकहरुको सकृयता र लगनशिलताको कारणले विद्यालयले फड्को मार्न सफल भएको बताइन् । सांसद विकले भावी दिनहरुमा पनि अभिभावकको सहयोग र शिक्षकहरुको कडा परिश्रम रहनुपर्नेमा समेत जोड दिइन् ।


विद्यालयका प्राचार्य प्रेमवहादुर वस्नेतले शैक्षिक सत्र २०७५मा भएका प्रगतिहरुको बारेमा समिक्षा गर्दै भावि शैक्षिक सत्रमा कक्षा ११ मा विज्ञान संकाय सुरु गर्ने योजना रहेको बताए । उनले आउँदो शैक्षिक सत्रको लागि बैशाख ८ गते साधारण धारतर्फ केजी देखि कक्षा ९ सम्मको स्तर निर्धारण परिक्षा हुने जानकारी दिए । यस्तै प्रविधिक धार अन्तर्गत सिभिल ईन्जीनियरीङ कक्षा ९मा ४८ सिटको लागि बैशाख १० गते स्तर निर्धारण परिक्षाहुने समेत जानकारी दिए ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद खरेलको अध्यक्षता र शिक्षक केशवराज पन्थको सञ्चालनमा भएको उक्त कार्यक्रममा विद्यालयका सल्लाहकार तथा पूूर्व पाल्पा जिल्ला विकास समितिका सभापति झपेन्द्र जीसी, विद्यालय व्यवस्थापन समितिका सदस्य सावित्रा विक, सह–प्राचार्य रोमनाथ घिमिरे लगायतले बोलेका थिए । शैक्षिक सत्र २०७५मा मन्टेश्वरीदेखि कक्षा ९ सम्म कक्षागत तथा तहगत उत्कृष्ट हुने विद्यार्थीहरुलाई प्रदेश सभा सदस्य विकले पुरस्कार वितरण गरेकी थिइन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।