ताजा अपडेट »

शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थालाई सुझाव

आइतबार, २५ असोज २०७७, १२ : ०६
202 Shares
आइतबार, २५ असोज २०७७
202 Shares

नेपाल एशियाको सबैभन्दा पुरानो र प्राकृतिकको धनी देशको रुपमा पनि लिन सकिन्छ । साथै विभिन्न प्राकृतिक स्रोत अनुरुप नेपाल जलस्रोतको दोस्रो धनी देश हो भनेर पनि गर्व गर्छौं तर अझैसम्म पनि १२ प्रतिशत नागरिकले आधारभूत पिउने पानी प्राप्त गर्न सकेका छैनन् । केन्द्रीय तथ्याङ्क विभागका अनुसार नेपालको जनसङ्ख्या २ करोड ९८ लाखभन्दा बढी छ । यो जनसङ्ख्याको १२ प्रतिशत अर्थात् २४ लाख ८८ हजारभन्दा बढी नागरिक आधारभूत खानेपानी सेवाबाट वञ्चित रहेका छन् ।

नेपालको संविधान २०७२ मा नागरिकले स्वच्छ पानी पिउन पाउनुपर्ने कुरा उल्लेख गरिएको छ । तर अझैसम्म पनि नागरिक आधारभूत खानेपानीबाट वञ्चित छन् । आधारभूत पानीको सेवा नपुगेको ठाउँमा घण्टौँसम्म हिँडेर, लाइन लागेर पानी लिन जानुपर्ने अवस्था छ भने कतिपय स्थानमा नागरिकले प्रदूषित पानी प्रयोग गर्न बाध्य छन् । खानेपानी तथा ढल व्यवस्थापन विभागका अनुसार अहिलेसम्म ८८ प्रतिशत नागरिकका घरमा आधारभूत सेवा स्तरको खानेपानीको पहुँच पुगेको छ । उक्त सेवा स्तर भएको अधिकतम स्थानमा महंगो शुल्क, अत्यधिक जोडान शुल्क आदि विषयबाट ग्रसित छन् ।

हाम्रो देश नेपाल विभिन्न जातजाति, धर्म संस्कृती र भेष-भुषाहरुको बास स्थान पनि हो । नेपालको संविधानले सबैलाई बराबरको हक-अधिकार दिएको छ । राजनीतिक अधिकार, समाजिक अधिकार र आर्थिक अधिकारलाई व्यक्ती र सामाजिक परिवर्तनसँग जोड्न सकिन्छ । समाजमा हुने सक्रिय परिवर्तन र विकासले नै आम जनताले सेवा सुविधा र राहतको महशुस गर्छ । नेपाल या विश्वमा गठित संस्थानले आम जनताको विकास र आर्थिक परिवर्तनमा कार्य गरी मानव विकासमा ठूलो टेवा पुराएको छ ।

विभिन्न संस्थान मध्ये गुणस्तरीय खानेपानीमा ‘शंकरनगर खानेपानी उपभोक्त तथा सरसफाई सस्था’ नेपालकै नमूना संस्थान बनेको छ । शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्था एउटा गैरराजनीतिक र नाफा रहित संस्थान हो । तर धेरै कुराहरु जस्तै समिती गठन, व्यवस्थापन आदि विषयको अवस्थालाई पुनः विचार गरी उपभोक्ताले राहतको महशुस गर्नु पर्ने हुन्छ ।

यसमा नयाँ जोडानको शुल्क अत्यधिक भएको, न्यूनतम उपभोग पानी निःशुल्क हुनु पर्ने, पानी रिडिङ शुल्क न्यूनतम हुन पर्ने, कुनै कारण धाराको पानी काट्नु भन्दा न्यूनतम ६ घन्टा अघि उपभोक्तलाई जानकारी गराउनु पर्ने, कुनै कारण २४ घण्टा भन्दा अधिक धारा काटिने भएमा पानीको वैकल्पिक उपाय अपनाउनु पर्ने, पानीको सामाग्री न्यूनतम रकममा खानेपानी संस्थान भित्रनै विक्रि वितारण गर्नु पर्ने, गरिब र कम आय आर्जन भएकालाई निःशुल्क धारा जोडान गर्नु पर्ने देखिन्छ ।

यसैगरी पानीलाई गुणस्तरीय बनाउँदा मानव शरीर स्वास्थ्यलाई कुनै असर नहुने क्रियाकलापमा जोड दिनु पर्ने, विशेष खानेपानी र अन्य प्रयोगमा आउने पानीको समय अवधि फरक गरी वितरण गर्नु पर्ने, वैज्ञानिक उपकरणको प्रयोग गरि सेवा सुविधामा जोड दिनु पर्ने, आर्थिक पारदर्शिता र खर्च न्यूनीकरणमा जोड दिनु पर्ने, खानेपानी र वातावरण सरसफाई बारे जनचेतना कार्यक्रम बनाई आम जनता सामु पुराउनु पर्ने आदि विषयमा खानेपानी संस्थानमा आउने नयाँ समितिले ध्यान दिनु पर्ने हुन्छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।