चैत २५,
ग्लोबल आवाज,
भैरहवा । विश्व प्रख्यात मोटर कम्पनी फोर्डले आधुनिक जीवनस्तरलाई मध्यनगजर गर्दै नयाँ मोडलको गाडी सासार्वजनिक गरेको छ । कम्पनीले पूराना मोडलका गाडीहरु भन्दा अत्याधुनिक प्रविधि र फिचर सहित निर्माण गरेको नयाँ फोर्ड फिगो –२०१९ नेपाली बजारमा सार्वजनिक गरेको छ । यसै साता एक कार्यक्रमका बिच भैरहवा क्षेत्रकालागि आकिारीक बिक्रेता अवन्ती अटो मोबाइल्सले नयाँ फोर्ड फिगो यस क्षेत्रमा सार्वजनिक गरेको हो। नयाँ फोर्ड फिगो प्रदेश सभाका सभासद सन्तोष पाण्डे, समाजसेवी नारायण प्रसाद अग्रवाल, उद्योगी रमेश मौर्य, तथा अवन्ति अटो मोवाईल्सका प्रवन्ध निर्देशक पावन अग्रवालले संयूक्त सार्वजनिक गरेका थिए ।
१२०० भन्दा बढी सुक्ष्म तथा ठूला परिवर्तन तथा परिमार्जनका साथ बाहिरी र भित्री आरमदायी बनावट, सुरक्षा सम्बन्धि उत्कृष्ट प्रविधि शक्तिशाली इन्जिन सहितको फोर्डको सुरुवाति नेपाली मुुल्य रु.२४ लाख ९९ हजार रहेको अटो मोबाइल्सका प्रबन्ध निर्देशक पावन अग्रवालले जानकारी गराए । कम्पनीका प्रतिनिधि बिजय थापाले नेपालमा आरामदायी र आकर्षक गाडीको माग बढेको हुँदा फिगोले सोही अनुसार नयाँ मोडल ल्याएको बताए ।
नयाँ फिगो फोर्ड शक्तिशाली इन्जिन र उत्कृष्ट सवारी ३ सिलिण्डरयुक्त 1.2 L. TiVCT पेट्रोल इन्जिन जडान गरिएको र यो नयाँ प्रविधियुक्त इन्जिनले 96 PS Power , 120 Nm torque प्रदान गर्ने कम्पनीले जनाएके छ । साथै डिजेल गाडीका पारखीहरुका लागि 1.5 L. TDCi इन्जिन जडान गरिएको छ जसले 100 PS power / 215 NM torque प्रदान गर्दछ र इन्धन खपत मात्र २५.५ कि.मी. लि.रहेको छ । यी दुवै इन्जिनयुत्त फोर्ड फिगो ५ – स्पीड ट्रान्समिसनमा उपलब्ध रहेको छ र यो पहिलेको भन्दा १५ प्रतिशत हलुका हुनुका कारण बढी इन्धन बचत हुने कम्पनीको दावी छ ।
फिगोको सबै मोडेलमा दुईवटा एयर ब्याग राखिएको छ भने सुरुक्षालाई अझ सशक्त बनाउन Anti - lock braking system (ABS), Electronic stabling program (ESP) ले मोडहरुमा हाक्न पनि सजिलो बनाएका छन । समग्रमा फोर्ड फिगो चलाउन एक रमाइलो र आरादायी गाडीको दर्जामा रहने विश्वास लिएको कम्पनीका प्रतिनिधि बिजय थापाले बताए ।
कम्पनिले नयाँ फोर्ड फिगो सानो गाडीको प्रतिस्पर्धात्मक बजारमा फेरी अव्बल भई निस्कने विश्वाुस लिएको छ। साथै नेपाल जस्तो देशमा अति जरुरी ग्राउण्ड क्लियरेन्स यसमा १७४ मि.मि. रहेको छ भने अरु प्रतिस्प्रर्धामा यो अधिकतम १७० मि.मि. रहेको छ । यो गाडी सिल्भर, सेतो, निलो, कालो, खैरो, सुनौलो सेतो र रातो गरि बिभिन्न सात रंग हरुमा उपलब्ध हुने कम्पनिले जनाएको छ ।
प्रतिक्रिया