ताजा अपडेट »

लुम्बिनीको ३१ औँ वार्षिकोत्सव :समृद्धिका लागि सहकार्यमा जोड

शनिबार, २३ चैत्र २०७५, २३ : २१
14 Shares
शनिबार, २३ चैत्र २०७५
14 Shares


चैत २३,
ग्लोबल आवाज
बुटवल । समृद्धिका लागि संचार माध्यम र राजनीतिक दलहरुकाबीच सहकार्य आवश्यक रहेको एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । सिद्धार्थ पब्लिकेशन प्रालिद्धारा प्रकाशित लुम्बिनी दैनिकको ३१ औँ वार्षिक उत्सवका अवसरमा आयोजना गरीएको ‘समृद्धिको यात्रामा सञ्चार माध्यम’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले सहकार्य बिना समृद्धि सम्भव नहुने बताउँदै विकासका कार्यमा सहकार्य गर्नुपर्ने औल्याए ।


अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रदेश ५ का उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले उत्पादनको क्षेत्रमा बृद्धि गर्न सकेमा मात्र देश समृिद्धको दिशामा अघि बढ्न सक्ने बताए । उनले पत्रकारीता उत्पादन बढाउने गरी उत्प्रेरण दिन तर्फ उन्मुख हुन सकेमा मात्र समृद्धिको सपना साकार हुने बताए ।


कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य दधिराम न्यौपानेले देशमा हुने राजनीतिक परिवर्तनमा मिडियाहरु पक्षपाति रहँदै आएको स्मरण गर्दै सञ्चार माध्यमले सरकारका काम कारवाही विषयमा रचनात्मक भूमिका खेल्नु पर्ने बताए । बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले समाज रुपान्तरणका लागि सञ्चारले सकारात्मक भूमिका निभाउनु पर्नेमा जोड दिए ।

नेपाल पत्रकार महासंघ प्रदेश ५ का कार्यवहाक अध्यक्ष भरत के.सी.ले विकासका एजेन्डाहरुलाई अबको पत्रकारीताका मुख्य इसु बनाउनु पर्ने बताए । उनले दैनिक लुम्बिनी यस क्षेत्रकोपत्रकारितामा विश्वविद्यालयका रुपमा इतिहास बनाएको बताए ।


पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डेले पत्रपत्रिका रंगिनमा जानुले मात्र खास अर्थ नराख्ने भन्दै गुणस्तरीय पत्रकारिताको विकासमा जोड दिनु पर्ने बताए । ‘पत्रिका मात्र संगिन बनाएर होइन विचार समेत अव्वल र रंगिन बन्दै जानु पर्छ ।’ उनले भने । भिजन लुम्बिनीका अध्यक्ष जगत पोख्रेलले मिडियाको भूमिका सकारात्मक दिशामा अघि बढ्नु पर्ने बताए ।


सिद्धार्थ पब्लिकेशन प्रा.लिका अध्यक्ष मोहन चापागाइँको अध्यक्षता, दैनिक लुम्बिनीका सम्पादक यानेन्द्र जिसीको सञ्चालन, पत्रिकाका सल्लाहाकार एम.बी. विश्वकर्माको स्वगतमा भएको अन्तरक्रिया कार्यक्रममा नेपाली काँग्रेस बुटवल नगर सभापति खेलराज पान्डे, नयाँ शक्ति नेपालका मनिकर कार्की, रोडा ढुंगा व्यवसायी महासंघ प्रदेश ५ अध्यक्ष गोपाल ज्ञवाली लगाएतले बोल्दै समृद्धिका लागि सञ्चारले सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।