चैत २२,
ग्लोबल आवाज
बुटवल । कान्ति माध्यमिक विद्यालय कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीहरुले कक्षा १२ मा अध्ययन गर्ने विद्यार्थीहरुलाई आज एक समारोहका बिच विदाई गरेका छन् । बुटवल, ४ हाटबजारमा रहेको कान्ति माध्यमिक विद्यालयमा अध्ययन गर्ने कक्षा ११ का विद्यार्थीहरुद्धारा आयोजित विदाई कार्यक्रममा बोल्ने बक्ताहरुले विद्यार्थीहरुको उज्जवल भविष्यको कामना गर्दै विदाई गरेका थिए ।
सो अवसारमा बोल्दै प्रमुख अतिथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमानन्द शर्माले कान्तिले शैक्षिक बिकासको क्षेत्रमा पुराएको योगदानको चर्चा गर्दै विद्यार्थीहरुको उज्वल भविष्यको कामना गरेका थिए । शर्माले विद्यालयले उत्पादन गरेका विद्यार्थीहरुलाई आउँदा दिनमा कान्तिमै रोक्नका लागि स्नातक कक्षा समेत सञ्चालन गर्ने पहल समेत भैरहेको बताए । कार्यक्रममा बुटवल उपमनपा वडा नम्बर ४ का कार्यवाहक अध्यक्ष सुरेन्द्र श्रेष्ठले नाम मात्रै होईन कामले समेत अबल मानिएको कान्तिले शैक्षिक गुणस्तरमा समेत फड्को मारेको बताउदै आउँदा दिनहरुमा समेत अझ विकास गर्ने विश्वास लिएको बताए ।
कक्षा ११ का विद्यार्थी अनिस पुनको अध्यक्षतामा सम्पन्न कार्याक्रममा विद्यालयक प्राचार्य गोविन्द ज्ञवाली, सहायक प्राचार्य चुडामणी पौडेल, कक्षा ११/१२ विज्ञान समुहका इन्र्चाज मोहन भट्टराई, शिक्षक अभिभावक संघका अध्यक्ष नरेन्द्र दर्जी, अतिरिक्त क्रियाकलाप संयोजक शिक्षक राजेन्द्र पौडेल, कक्षा १२ का विद्यार्थीहरु गौरव अधिकारी, राजिव पोखरेल, निर्मल भट्टराई, प्रगति क्षेत्री, मनोज वि.क लगाएतले कान्ति माबि बुटवलकै गौरव भएको बिचार ब्यक्त गर्दै कान्तिमा प्राप्त गरेको ज्ञानलाई सदुपयोग गर्दै अघि बढ्ने कुरामा जोड दिएका थिए ।
कान्ति विद्यार्थी क्लवका अध्यक्ष सपना सुवेदीले कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थी संगित श्रेष्ठलाई पद हस्तान्तरण गर्दै क्लवलाई थप क्रियाशिल, सक्षम र जागरुक बनाउन आग्रह गरेकी थिइन । विदाई कार्यक्रमको संचालन विद्यार्थीद्वय अंकिता गैरे र सन्दिप वि.कले गरेका थिए । विद्यार्थीहरुले सो अवशरमा विभिन्न साँस्कृतिक कार्यक्रम, कविता, गजल, मुक्तक, गीत र नृत्य समेत प्रस्तुत गर्दै मेडल तथा प्रमाणपत्र वितरण समेत गरेका थिए ।
प्रतिक्रिया