ताजा अपडेट »

भैरहवामा पनि प्रदर्शन

आइतबार, १८ असोज २०७७, १४ : ५१
14 Shares
आइतबार, १८ असोज २०७७
14 Shares

भैरहवा । प्रदेश ५ को राजधानी दाङ्गको भालुवाङ्गमा राख्ने प्रदेश सरकारको प्रस्तावको बिरुद्धमा नेपाली कांग्रेसले आज बन्द आव्हान गरेको छ । कांग्रेसले बन्द आव्हान गरे पनि भैरहवामा यसको प्रभाव आंशिक रुपमा मात्र परेको छ ।

भैरहवामा प्राय औद्योगिक एवम व्यापारीक प्रतिष्ठानहरु सञ्चालनमा रहेका छन भने मूख्य बजारहरु पनि खुलेका छन् । बन्दको आंशिक प्रभाव यातायातमा देखिएको छ । भैरहवाबाट लामो तथा छोटो दुरीका यातायात सञ्चालन हुन सकेनन् ।

नेपाली कांग्रेसका न्यून कार्यकर्ताहरु मात्र सडकमा देखिएका छन् । भैरहवाको देवकोटा चोक बाहेक अन्त बन्दको प्रभाव रहेको छैन । देवकोटा चोकमा नेपाल तरुण दल र नेपाल बिद्यार्थी संघको अगुवाईमा टायर बालेर प्रदर्शन भएको छ । अन्य ठाउँमा कुनै बन्दकर्ताको उपस्थिति रहेन ।

प्रदर्शनको अगुवाई गरि रहेको नेपाल तरुण दलका नगर सभापति दिपेन्द्र बुढाप्रिथीले बुटवलबाट प्रदेश राजधानी दाङ्ग राजधानी सारेको बिरोधमा बन्दको आव्हान गरिएको बताए । उनले बुटवलमा सबै संरचना भएको अवश्थामा पनि नेकपाको दबाबमा प्रदेश राजधानी बुटवलबाट अन्यत्र सार्ने षडयन्त्र भैरहेको बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।