ताजा अपडेट »

ब्राइट स्कूल सफ्टवेयरको नयाँ भर्सन, घरबाटै शुल्क तिर्न सकिने

बुधबार, २० चैत्र २०७५, २० : १९
14 Shares
बुधबार, २० चैत्र २०७५
14 Shares


चैत २०,
ग्लोबल आवाज
बुटवल । शिक्षा, स्वास्थ्य, बैंकिङ्ग, ट्रेडिङ्ग क्षेत्रका सफ्टवेयर उत्पादन गर्दै आएको कम्पनी ब्राइट अफिस सिस्टमले स्कूल र कलेजको लागि अन्तराष्ट्रिय स्तरको ब्राइट स्कूल (Bright School) नामक सफ्टवेयर उत्पादन गरेको छ ।


ब्राइट स्कूलमा विद्यार्थीको इन्फर्मेसन, एकाउण्ट ,लाइब्रेरी, रिजल्ट, पेरोल, होस्टेल, जिपिएस, इन्भेण्ट्री, एटेण्डेन्श, टिचर स्टाफ इन्फर्मेसन, नोटिफिकेशन, होमवर्कलगायत अन्य धेरै फिचर रहेको कम्पनीका सिइओ लक्ष्मण गौतमले जानकारी दिए । ब्राइट स्कूल मोबाइल एप्लिकेशनबाट स्टुडेण्ट, टिचर, म्यानेजमेन्ट प्यारेन्ट्स सबैलाई एकै ठाउँमा जोड्न सहयोग गर्ने उनको भनाई छ ।

अभिभावक घरमै बसेर विद्यार्थीको होमवर्क ,नोटिपिÞmकेशन र आफ्ना बालबालिकाको बस वा गाडी कहाँ आइरहेको छ अर्थात कतिबेला स्कूल कलेजबाट निस्केको हो भन्ने बारे जानकारी पनि घरैमा बसेर लिन सकिने, स्कूलको शुुल्क पनि घरैमा बसेर तिर्न सकिने सिइओ गौतमले बताए ।
ब्राइट स्कूल अफलाइन भर्सनमा १०० भन्दा धेरै प्रयोग गरिएको आइआरडी प्रमाणित सफ्टवेयर भएको तथा यो सफ्टवेयर बुटवल, नवलपरासी, पाल्पा ,चितवन, काठमाडौं र पोखरामा प्रयोग भएको कम्पनीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।