रुपन्देहीको शिक्षा क्षेत्रमा महिला सहभागिता बढ्दो छ । पछिल्ला वर्षहरुमा शैक्षिक क्षेत्रमा नेतृत्व गर्ने महिलाहरुको संख्या पनि बढिरहेकोे छ । रुपन्देहीका करिब २ दर्जन महिलाहरुले विभिन्न शैक्षिक संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका छन् । शिक्षा निकनेै संवेदनशिल आधार भएको हुँदापनि महिला सहभागिता बढिनै प्रभावकारी बनेको छ । अझ पछिल्लो समयमा बालमैत्री मन्टेश्वरी शिक्षामा महिलाहरुको सहभागिता र प्रभावकारिता उल्लेख्य छ । यस्तै महिलाहरु मध्ये एक शैक्षिक व्यक्तित्व हुन्, प्रतिष्ठा चालिसे मल्ल । विगत ३ वर्षदेखि सञ्चालन हुुँदै आएको सिद्धार्थनगर नगरपालिका–३ खजहना, भैरहवामा अवस्थित यूरो किड्स भैरहवाकी संचालक/प्रिन्सिपल प्रतिष्ठा चालिसे मल्लसँग उनको शैक्षिक यात्रा र ‘यूरो किड्स’को शैक्षिक अवस्था बारे ग्लोबल आवाजका लागि एन.बी.कंडेलले गरेको कुराकानी
शिक्षा क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ?
–म शिक्षा क्षेत्रमा प्रवेश गर्नुमा मेरो परिवारको महत्वपूर्ण भूमिका छ । मेरा पुजनिय ससुरा बुबा स्व. छत्रपति मल्ल रुपन्देहीकै चिरपरिचत समाजसेवी तथा राजनीतिज्ञ हुुनुहुन्थ्यो । अहिले यो विद्यालय चलिरहेको भवनमा विद्यालय चलोस् भन्ने उहाँको सपना थियो । म काठमाण्डौमा जन्मे हुर्कैकों मान्छे, उता बसेर भैरहवा आउँदा यहाँको गर्मी, रहन सहन र आफनै छोरा लाई राम्रो पूर्व प्राथमिक शिक्षा दिनैका लागि पनि करिब–करिब फर्कने निर्णयमा पुगेकी थिएँ । सो समयमा सासु मुवाले स्व.सुसुरा बुवाको इच्छा सुनाउनुभयो । त्यसपछि मलाई भैरहवामै बसेर शैक्षिक क्षेत्रमा उदाहरणिय काम गर्ने र योगदान दिने इच्छा पलायो र सोही अनुसार यस क्षेत्रमा प्रवेश गरे।
तपाँई प्रिन्सिपल रहेको यस यूरो किड्स कस्तो प्रकारको शैक्षिक संस्था हो ?
– यो भारतमा चर्चित तथा सफल मानिएको शैक्षिक संस्था यूरो किड्सको फ्रेन्चाइज शैक्षिक संस्था हो । हामीले यूरो किड्स इण्डियाकै गाईडेन्समा, उनिहरुलेनै तोकेको मापण्ड भित्र रहेर मन्टेश्वरी पद्धतिबाट साना–साना बालबालिकालाई विशुद्ध शैक्षिक वातावरणमा रमाइलो गर्दै पठन–पाठन गराउनुका साथै उनीहरुलाई क्षमता अनुसारका अतिरिक्त क्रियाकलापमा प्रेरित गर्दछौ । अर्को महत्वपूर्ण कुरा, यहाँ पूर्णतया महिला शिक्षकहरुबाट शिक्षण तथा प्रशिक्षण गरिन्छ ।
यसको व्यवस्थापन संरचना कस्तो रहेको छ ?
–करिब एक करोडको लागतमा सञ्चालित यो बिद्यालय सिद्धार्थ इन्स्टिच्यूट प्रा. लि.द्वारा सञ्चालित छ । जसको अध्यक्ष कोमल मल्ल हुनुहुन्छ भने अजित मल्ल प्रबन्ध निर्देशक हुनुहुन्छ । त्यसैगरी अम्रिना खानले प्रशासकिय जिम्मेवारी समाल्नु भएको छ । भौतिक संरचना भन्नुपर्दा करिब २०० बालबालिकाहरुका लागि सहज हुने सबै प्रकारका अत्यावश्यक पूवाधारहरु उपलब्ध रहेका छन् ।
तपाइँको शैक्षिक योग्यता एवम् यात्रा कस्तो रहयो ?
– मैले पोलिटिक्स साइन्स र फिलोसफीमा मुम्बईको कलिना बिश्वद्यिालय बाट ग्रयाजुएसन गरेकी छु । त्यसैगरी फेशन डिजाइनको क्षेत्रमा ६ महिने डिप्लोमा र भारतबाटनै ३० महिने इन्टेरिएर डिजाइन कोर्ष पनि गरेकी छु ।
फरक संकाय र फरक क्षेत्रको ज्ञान एवम् अनुभव भएकी व्यक्ति शिक्षण क्षेत्रमा सहभागिता मात्र नभई नेतृत्व गर्दा सुरुवातमा कस्ता समस्या झेल्नु परे र हालसम्म कस्तो अनुभव हासिल गर्नुभयो ?
–(निकै गम्भिर मुद्रामा) अत्यन्तै सोँचनिय रहयो । त्यो सुरुवाती अवस्था । तर, मैले सुरु मै भनेनी । स्व. ससुरा बुवाको सपना, मुवाको आग्रह र श्रीमानको साथले म यो क्षेत्रमा प्रवेश गरे । मैले अनुभव नगरेको क्षेत्रमा प्रवेश गर्दा सुरुमै चुनौती थियो । तर, यो तीन वर्षमा सबै खालका चुनौतिहरुलाई पन्छाउँदै यही क्षेत्रमा रमाउन थालेकी छु । वास्तवमै बालबालिकालाई शिक्षा प्रदान गर्नु र उनीहरुसँग रहेर उनको भविष्यको यात्रामा आफूले केही गर्न पाउँदा यो पेशाप्रति गर्व लागेको छ ।
विद्यालय सञ्चालन गर्नुका अन्य मुख्य उद्देश्यहरु के–के रहेका छन् ?
–पक्कैपनि सुरुवात र प्रवेश सासु ससुराको इच्छा अनुसार भएतापनि हाम्रो अभियान र लक्ष्य बालमैत्री शिक्षा प्रदान गर्नु नै हो । भनाइमा मात्र नभएर वास्तवमै सोही अनुसारको शिक्षा र व्यवहारिक रुपमा बालबालिकालाई बिना दवाव र बिना डरमा अध्यापन गर्नु र सिकाउनु हो । यस बाहेक भैरहवामा एउटा अन्तराष्ट्रिय गुणस्तरको बाल मैत्री शिक्षा दिने पूर्व प्राथमिक बिद्यालयको पनि अभाव महसुस गरेरै पनि विद्यालय संचालन गरेका हौ ।
सबैले राम्रो शिक्षा प्रदान गर्ने र अरुभन्दा आफ्नो संस्था फरक भएको बताउँछन् । तपाइँ के–को आधारमा भन्नसक्नुु हुन्छ ?
– (हास्ँदै) । त्यो त हो । सबैले आफ्नो राम्रो भन्नु हुन्छ । बोल्न त बोलिएला तर देखिनु पर्यो नि । तपाइँ बिना जानकारी आउनुभयो । यहाँको माहोल हेर्नुभयो । तपाइँ आफै भन्न्ुहोस् कस्तो महसुस गर्नुभयो ? हामी हाम्रा अभिभावक र नयाँ अभिभावकलाई पनि अनुरोध गर्दछौं । आएर बुझ्नुहोस् । हामी सबै महिला कटिवद्ध भएर लागेका छौं । सोही अनुसार सुविधा पनि व्यवस्था गरेका छौं र सबै बालबालिका हाम्रा सन्तान हुन् भन्ने सोँचबाट हेरचाह, स्नेह र व्यवहारिकताका साथ सिकाउने गरेका छौं ।
सबैले मन्टेश्वरी भन्दै विद्यालय खोल्ने क्रम बद्दो छ । वास्तवमा मन्टेश्वरी के हो ? र यूरो किड्सको अवस्था कस्तो छ ?
–बाल मनोविज्ञान अनुसार सिकाउनु, बुझाउनुका साथै बालबालिकालाई सिक्न र आफ्नो जिज्ञासा र रुचि अनुसार प्रतिभा प्रस्फुटन गर्न प्रेरित गर्ने शिक्षण पद्धति हो योे । तर, त्यसका लागि सोही अनुसारको पूवाधार र वातावरण हुनु पर्दछ । हामी पूर्ण त भन्दैनौ तर, नजिक पुगेका छौ । हामि यूरो किड्स ईण्यिाको मापदण्डमा रहेर उसकै गाईडलाईन्स अनुसारनै अगाडी बढेकाछौ । विगत ३ वर्षमा हामीकहाँ रहेका बालबालिकाको अवस्था राम्रो पाएको अभिभावकको भनाई छ । त्यही नै हाम्रो आधार हो। अर्कोतर्फ अहिले हामीसँग १ सय २० बालबालिका हुनुहुन्छ । ६ वटा कक्षा सञ्चालन छन् । यही प्रत्येक कक्षामा कम्तिमा पनि २ जना शिक्षक हुनुहुन्छ । हामी करिब ३५ जना यहाँ कार्यरत छौं ।
–तपाईको बिद्यालयमा उपलब्ध सुबिधा के कस्ता रहेका छन र आगामी योजना के-कस्ता छन ?
हामि यूरो किड्स ईण्यिाको मापदण्डमा रहेर उसकै गाईडलाईन्स अनुसार अध्यन अध्यापन गराउदछौ । हामी सधै आफ्ना बिद्यार्थी हरुको स्वास्थय प्रति सजग रहेर हाईजेनिक भोजन उपलब्ध गराउदछौ, बाल बिशेषज्ञबाट नियमित रुपमा स्वास्थय जाच समेत गराउने गर्दछौ । बिद्यार्थीहरुको चौतर्फी विकासका लागि संगित, निृत्य, पौडी जस्ता अतिरिक्त कक्षाका साथै ब्ययायाम का लागि ईउरो जिमको पनि ब्यवस्था गरेका छौ ।बिद्यार्थीलाई भैरहवा तथा भैरहवा आसपासका ठाउबाट ल्याउन लैजान दुई वटा गाडीको ब्यावस्था पनि गरेका छौ । हामीकहा बिद्यार्थीहरुलई खेल्नका लागि प्रयाप्त ईन्डोर तथा आउटडोर सुबिधा उपलब्ध रहेको छ । हामीले शिक्षकहरुलाई नियमित तालिम तथा प्रशिक्षण पनि उपलब्ध गराउने गर्दछौ भने शिक्षक कर्मचारीहरुकोे सेवा सुबिधामा पनि कुनै कन्जुस्याई गरेका छैनौ । आगामी दिनमा स्थानीय सरकारको साथ सहयोग लिएर यसै बिद्यालयलाई स्तरोन्ती गर्दै पुर्व प्राथमिक तह पछिका कक्षाहरु संचालन गर्दै जाने योजना रहेको छ । हामी यूरो किड्स भैरहवा लाई पुर्व प्राथमिक शिक्षाको एउटा बाण्डका रुपमा स्थापित गर्न चाहन्छौ ।
मन्टेश्वरी त्योपनि अन्तराष्ट्रिय फ्रेन्चाइज प्राप्त र गुणस्तरीय, शुल्क महंगो होला ?
–होइन होइन । एकदम महङ्गो छैन । निजि विद्यालयमा अध्यापन गराउन सक्ने अभिभावकले यहाँ सहजै सहभागिता गराउन सक्नु हुन्छ । हरेक अभिभावकको आफ्ना बालबालिकाका लागि राम्रो हेरचाह र खानपिनका साथै राम्रो शिक्षाको चाहना हुन्छ । त्यसका लागि हामी न्यूनतम शुल्कमा सेवा प्रदान गरिरहेका छौ ।
अन्त्यमा हामी मार्फत आम अभिभावकलाई के भन्नु हुन्छ ?
तपाईको बच्चाको अध्यनका लागि एउटा उत्कृष्ट पूर्व प्राथामिक बिद्यालयको खोजीमा हनुहुन्छ भने बुझेर मात्र निर्णयमा पुग्न अनुरोध गर्दैे एक पटक हाम्रो बिद्यालयमा उपलब्ध सेवा सुबिधा बारे अवलोकनका लागि आउनुहुन अनुरोध समेत गर्दछु ।
प्रतिक्रिया