ताजा अपडेट »

क्वारेन्टिनमा बस्न भन्दा घाँटी रेटी आत्महत्याको प्रयास

सोमबार, ०५ असोज २०७७, १२ : ३२
24 Shares
सोमबार, ०५ असोज २०७७
24 Shares

बुटवल । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण लामो समयदेखि मानिसहरु घर भित्र बस्न बाध्य भएका छन् । नेपालमा पनि बाहिरी देशबाट आएका नागरिकलाई सरकारले अनिवार्य रुपमा १४ दिन क्वारेन्टिनमा बस्न आग्रह गरेको छ ।

तर अर्घाखाँचीमा भने एक व्यक्तिले घर परिवारले क्वारेन्टिनमा बस्नु पर्छ भन्दा घाँटी रेटी आत्महत्याको प्रयास गरेका छन् । जिल्लाको शितगंगा नगरपालिका–७ जुवाकोटका २८ वर्षीय नेत्रबहादुर पुलामीले क्वारेन्टिनमा बस्नु पर्छ भन्दा आबेगमा आई घाँटी रेटी आत्महत्याको प्रयास गरेको प्रदेश ५ प्रहरी कार्यालयले जनाएको छ ।

भारतको दिल्लीबाट घरमा आएका पुलामीलाई घर परिवारले क्वोन्टिनमा बस्न आग्रह गर्दा आइतबार बिहान तरकारी काट्ने चक्कुले आफ्नै घाँटीको अगाडीको भागमा रेटेका थिए । उनको अहिले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भईरहेको प्रहरीले जनाएको छ । उनको अवस्थामा सुधारन्मुख रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।