ताजा अपडेट »

भैरहवामा खुल्यो चार करोडको लागतमा अत्याधुनिक बार

शुक्रबार, ०२ असोज २०७७, १० : ३९
30 Shares
शुक्रबार, ०२ असोज २०७७
30 Shares

भैरहवा । सरकारले होटल तथा रेष्टुरेण्ट सञ्चालन गर्न अनुमति दिएकै दिन भैरहवामा अत्याधुनिक रेष्टुरेण्ट सञ्चालनमा आएको छ । करिब ४ करोडको लागतमा भैरहवामा जोडेक लाउन्ज एण्ड बार सञ्चालनमा आएको हो ।

भैरहवामै पारिवारिक वातावरणमा अन्र्तराष्ट्रिय स्तरको रेष्टुरेण्टको माहौल उपलब्ध हुने भएको हो । भैरहवाका ५ जना युवाहरुले सञ्चालनमा ल्याएको बारमा डिजे सुविधासहित स्वादिष्ट परिकारहरुको उपलब्ध गराउने सञ्चालक सुनिल सेन्चुरीले बताए । भैरहवामा गौतम बुद्ध बिमानस्थल सुचारु भए पछि पर्यटकको आगमनलाई ध्यानमा राख्दै रेष्टुरेन्ट सन्चालनमा ल्याइएको बताए । उनले अन्य रेष्टोरेन्टभन्दा यहाँ भिन्दै वातावरण पाउने दावी गरे । लाईभ म्यूजिक, ब्याण्डसहित यस क्षेत्रकै उत्कृष्ट स्वाद पर्यटकले लिन पाउने उनले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।