ताजा अपडेट »

भवन अभावमा विद्यार्थी चौरमा पढ्न बाध्य

सोमबार, १८ चैत्र २०७५, ११ : ४७
18 Shares
सोमबार, १८ चैत्र २०७५
18 Shares

चैत १८,
सिमकोट । विद्यालयमा भवनको अभावले नयाँ शैक्षिक सत्र सुरु भएसंगै विद्यार्थीहरु चौरमा अध्ययन गर्न बाध्य भएका छन । भएका प्रयोग गर्न नसकिने तथा जिर्ण भएपछि विद्यार्थीहरुलाई कक्षा कोठा नपुग्दा चौरमा अध्ययन गर्न बाध्य भएका हुन ।

हावाहुरी चल्दा, चर्को घाम लाग्दा र पानी परेको बेला पठन पाठन बन्द हुने गरेको कक्षा तीनमा अध्ययनरत छात्रा बेलमति जैशीले बताइन् । यसले गर्दा पढाईमा समस्या खडा गरेको र सरोकारवाला निकायले यो समस्या तत्काल समधान गर्न उनले आग्रह गरिन् ।

सिमित शिक्षक दरबन्दीबाट संचालन भैरहेको ताँजाकोट गाउँपालिकाको धर्मोदय माविमा कक्षा कोठाको अभावले विद्यार्थीहरु खुला चौरमा अध्ययन गर्न बाध्य भएको विद्यालयको कार्य सम्पादन गर्न ताँजाकोट पुगेका दिपक भण्डारीले बताए ।

विद्यार्थी चाप धेरै भए पनि शिक्षक दरबन्दी कम हुँदा नीजि श्रोतबाट शिक्षक व्यवस्था गरी रहेको उक्त विद्यालयमा भवनको अभावले गर्दा साना कक्षाका विद्यार्थीहरु बाहिर पढ्न बाध्य रहेको उनले बताए । कक्षा कोठा अभाव भएर विद्यार्थीहरुलाई अब गर्मी बढे संगै अध्ययन गर्न कठिन हुने र बर्खामा पानी पर्दा पढाई के गर्ने भन्ने चिन्ता थपिएको छ ।

गत बर्षसम्म जेन तेन चलाईए पनि यस पाली कक्षा कोठाको अभावले दुई देखि तीन वटा कक्षाहरु चौरमा संचालन गर्नु बाध्यता रहेको विद्यालयका प्रधानाध्यापक हरि प्रसाद भुवाईले बताए । अझ कक्षा दुईलाई त बेन्च राखेर मंचमा अध्ययन गराउनु परेको उनले बताए । पछि मावि भएको कारण शिक्षक दरबन्दी कम, भवन पनि सिमित र भएका भवन पनि जिर्ण भइ सकेकाले विद्यालयलाई पठन पाठनमा कठिनाई सृजना भएको उनले बताए ।

भवन अभावले विद्यार्थीलाई पठन पाठनमा समस्या भएको र त्यसका लागि स्थानीय तथा प्रदेश सरकारसंग भवन निर्माणका लागि योजना माग गरिएको उनले बताए । भवन धेरै भएपनि पुराना र प्रयोग गर्न नसकिने भएको कारण पठन पाठनमा अवरोध सृजना भएको प्रमुख प्रशासकीय अधिकृत बिष्णु बहादुर शाहीले बताए ।

अहिले पनि प्रदेश सरकारबाट नयाँ भवन निर्माणको कार्यक्रम रहेको र त्यो बनेमा समस्या समधान हुने उनले बताए । गाउँपालिकाको बजेटबाट शिक्षक पाल्दै ठिक्क भएको उनको भनाइ छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।