ताजा अपडेट »

तिलोत्तमा नगरले भन्यो- विद्यार्थीबाट ७५ प्रतिशत मात्र शुल्क लिनु

बुधबार, ३१ भदौ २०७७, ११ : ४८
24 Shares
बुधबार, ३१ भदौ २०७७
24 Shares

बुटवल । तिलोत्तमा नगरपालिकाले गत शैक्षिक सत्रको मासिक शिक्षण शुल्कलाई चालु शैक्षिक सत्रमा यथावत गर्ने भएको छ । नगर शिक्षा समितीको बैठकले तोकिएको मासिक शिक्षण शुल्कलाई शतप्रतिशत मानी सोको हुन आउने ७५ प्रतिशत मात्र विद्यार्थीबाट शुल्क लिन अनुमति दिएको छ ।

नगरपालिकाले असार महिनादेखिको मात्र शुल्क लिन नगरभित्रका विद्यालयलाई निर्देशन दिएको छ । यस्तै अनलाइन वा वैकल्पिक शिक्षण सिकाइ क्रियाकलापमा सहभागि हुने/भएका विद्यार्थीसँग मात्रै शुल्क लिन भनेको छ । मासिक शिक्षण शुल्क बाहेक अतिरिक्त क्रियाकलाप शुल्क, यातायात शुल्क, विज्ञान प्रयोगशाला शुल्क, कम्प्युटर शुल्क, पुस्तकालय शुल्क सहजरुपमा विद्यालयमा विद्यार्थीहरु भौतिकरुपमा उपस्थित नभएसम्म नलिन पनि निर्देशन दिएको छ ।

यस्तै शैक्षिक सत्र २०७६ को कक्षागत शुल्क विवरण असोज ४ गतेसम्म नगरपालिकामा पेश गर्न सबै विद्यालयलाई आग्रह गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।