नेपाली समाजमा क्रमशः सामाजिक, आर्थिक लगायत विकासका अन्य धेरै आयामहरुमा नारीहरुको सक्रिय सहभागीता बढेर गएको देखिन्छ । अन्य आयामहरु सरह खेलकुदमा पनि उनिहरुको उपस्थिती उल्लेख्य रहेको पाइन्छ । अन्य खेलका खेलाडी सरह शारीरिक सुगठनका खेलाडीलाइ समेत सफलताका सिंडीहरु चढ्न कठिन छ ।
यस्का लागी जोश जांगर, धैयता, दृढ़ इच्छाशक्ति, मेहनतसंगै पारिवारी साथको अत्यन्त आवश्यकता रहने बताउँछन् शारीरिक सुगठन खेलका पुराना खेलाडी तथा निर्णायक बुद्धि जंग कार्की । निर्धारित पहिरनमा हजारौं दर्शकका वीच आफ्नो प्रस्तुति राख्नु पर्ने हुदां महिला खेलाडीको हकमा पारिवारी हौसला र सहयोग थप महत्पूर्ण हुन आउंछ । नेपालमा सर्बप्रथम महिला शारीरिक सुगठन तर्फ डेमो देखाउने प्रसिद्धिका रायमाझी हुन। उनले नेपाल ब्यायाम मन्दिरले बि स २०६० सालमा आयोजना गरेको नवौ धर्म श्री राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा प्रस्तुती गरेको कुरा नेपाल ब्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधान बताउँछन् ।
सुजिता मानान्धर (ग्रेसी) : सन् २०१९ मा काठमाडौमा सम्पन्न १२ औ दक्षिण एशियाली शारीरिक सुगठन प्रतियोगितामा महिला एथलेक्टिकमा कास्य पदक हासिल गर्न खेलाडी हुन सुजिता मानान्त्धर । बि.स २०७५मा तेश्रो मिष्टर काठमाण्डौ राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा महिला एथलेक्टिकमा रजत पदक प्राप्त गरेको थिइन् ।
त्यहि वर्ष पोखरामा सम्पन्न तेश्रो बुल्समेन राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा महिला फिजिक्स रजत पदक जित्न सफल भएको थिइन । वि स २०७६ मा पोखरामा सम्पन्न महिला बिकनी तथा फिजिक्स् राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा महिला एथलेक्टिक फिजिकमा उपाधि चुम्न सफल भइन् । सोहि बर्ष सम्पन्न सातौं मिष्ठ्रर हिमालय राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा समेत महिला फिजिक रजत पदक प्राप्त गर्न उनले सफलता हात पारेको उनले बताइन् ।
रोजी लामा: रोजीले बि स २०७६ मा चौथो मिष्टर काठमाण्डौ राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा महिला एथलेक्टिकमा उपाधि जित्न सफल भइन् ।
त्यहि वर्षमा पोखरामा सम्पन्न महिला बिकनी तथा फिजिक्स् राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा महिला एथलेक्टिक फिजिकमा उपबिजेता बनेको थिइन् ।
पुजा गरुङ्ग: सन् २०१८ मा काठमाण्डौमा सम्पन्न प्रथम दक्षिण एशियाली शारीरिक सुगठन प्रतियोगिताको महिला एथलेक्टिकमा रजत पदक हासिल गर्न सफल खेलाडी हुन पुजा गुरुग ।
प्रतियोगिताको तयारीको क्रममा खेलाडीहरूले दिनको घण्टौ कडा प्रशिक्षण लिनु पर्छ र केही घण्टाको अन्तरालमा खान पर्छ। तुलनात्मक हिसाबले अन्य खेलको भन्दा प्रतिस्पर्धा तयारका लागि धेरै नै खर्च लाग्ने पुजा बताउंछिन्
जुनु बज्राचार्य: बि स २०७३ सालमा सम्पन्न छैठौं मिष्ठ्रर हिमालय राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा ओमेन फिजिक’मा उपधि हासिल गर्न सफल भएकी थिइन् ।
अन्य देशहरुमा शारीरिक सुगठन खेलका खेलाडीलाइ बिभिन्न कम्पनीहरुको प्रयोजन गर्छन तर नेपालमा भने यस्तो अवस्था शुरु भइ नसकेकोले खेलाडीहरुलाइ खर्चको जोहो गर्न कठीन भएको जुनुको गुनासो छ ।
सनम मुलगुठी: बि स २०७६ मा भक्तपुरमा सम्पन्न चौथो मिष्टर भक्तपुर जिल्ला स्तरिय शारीरिक सुगठन प्रतियोगितामा महिला एथलेक्टिकमा उपाधि जित्न सनम मुलगुठी सफल भइन् । सोहि वर्षमा चौथो मिष्टर काठमाण्डौ राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा महिला एथलेक्टिकमा रजत पदक हात पारिन । वि स २०७६ मा नै पोखरामा सम्पन्न महिला बिकनी तथा फिजिक्स् राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा महिला एथलेक्टिक फिजिकमा कास्य जित्न सफल भएकि थिइन् ।
कुनै पनि प्रतियोगीता, चाहे जे सुकै होस्, खेल्न सहज हुँदैन । फिटनेस र बडिबिल्डिग प्रतियोगीता पनि सहज हुने कुरै छैन। अझै महिलाहरुका लागि शारीरिक सुगठन खेलमा लाग्नु फलामको च्युरा चपाउन भन्दा कठिन छ । पाषण सामाजिक चिन्तनसँग लडाइ गर्दै वर्षौंसम्म्को निरन्तर कठोर व्यायाम, अनुशासित खानपान प्रतियोगीताको लागि तयारीका लागि कृत सकल्पित यि नारीहरुको जति नै प्रशंसा गरे नि कम हुन्छ । असंख्य नेपाली महिलालाई उत्प्रेरित गर्दै आफ्नो पदचाप अनुशरण गर्न लालायित गराउन सफल हुने यि अगुवा नारी जति प्रशंसा गरेपनि कम हुन्छ ।
प्रतिक्रिया