बुटवल । अखिल (क्रान्तिकारी) जिल्ला समिति रुपन्देहीले कोरोनाको महामारीमा शैक्षिक संस्थाहरुले शुल्क उठाउन ताकेता दिएर अभिभावकलाई मानसिक दवाव दिदै रकम उठाइरहेको प्रति संगठनको ध्यानाकर्षण भएको बताएको छ । संगठनले उक्त कार्यप्रति खेद समेत व्यक्त गरेको छ ।
संगठनकी कार्यवाहक अध्यक्ष इन्दु वलीले सोमबार एक प्रेस विज्ञप्ती जारी गर्दै रुपन्देही जिल्लामा शैक्षिक विकृतिबारे सरोकारवालहरुसँग निरन्तर छलफल र अन्तरक्रिया हुँदै आएको भन्दै संगठनको नीतिलाई प्रवाह नगरी शैक्षिक संस्थाहरुले शुल्क उठाउनु निन्दनीय भएको उल्लेख गरिन् । बुटवल स्थित न्यु होइराजन मावि, दीप बोर्डिङ स्कूल, एभरेष्ट बोर्डिङ स्कूललगायतका निजी विद्यालय तथा त्रिविका आङ्गिक र सम्बन्धन प्राप्त कलेज, सामुदायिक विद्यालयहरु कालिका मानवज्ञान मावि, कान्ति मावि, सिद्धार्थ गौतमबुद्ध लगायत विद्यालय तथा कलेजहरुले सूचना जारी गरि शुल्क असुल्नु निन्दनीय बताएकी छन् ।
उनले यसका विरुद्ध संगठनको सङ्घर्षमा उत्रिने बताउँदै यसको जिम्मा सम्बन्धित पक्षले लिनुपर्ने समेत बताइन् ।
प्रतिक्रिया