नेपालमा शारीरिक सुगठन खेलको इतिहास पुरानो भए पनि यो खेल पुरुषले मात्र खेल्छ भन्ने आम धारणा नेपाली समाजमा रहेको पाइन्छ । यस्तै कारणले गर्दा यो खेलको शुरुवात भएको लामो समय भएको भए पनि पुरुष खेलाडीको तुलनामा महिला खेलाडी संख्या उल्लेखनिय हिसाबले बढ्न सकेको छैन् ।
तथापी पछिल्ला केहि समय शारीरिक सुगठन खेलमा महिला आकर्षण बृद्धि भएको मान्न सकिन्छ। यस खेलबाट महिला खेलाडीहरुले अन्तर्राष्ट्रिय स्तरमा समेत पदक जितेर देशलाइ चिनाइरहेका छन् । आज हाम्रा नारीहरु फिटनेस तथा बडिबिल्डिङ्ग प्रतियोगीताको प्रतिस्पर्धात्मक होडमा होमिन थालेका छन् । महिलालाइ सधै चुलो र चौकामा सिमित गर्नु पर्छ भन्ने संकुचित धारणा राख्ने हाम्रो समाजलाई ठाडै चुनौती दिने यस्ता प्रतियोगीताहरुमा महिलाको बिधा समेत समावेश गर्ने आयोजक टोलीहरु सादुवादका पात्र हुन् । नेपालको सन्दर्भमा सबैभन्दा पहिला शारीरिक सुगठन प्रतियोगितामा महिला बिधा समावेश गर्ने श्रेय काठमाण्डौ जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघलाइ जान्छ ।
वि.स २०७३ सालमा आयोजित प्रथम मिष्ट्रर काठमान्डौमा नेपालमा प्रथम पटक महिला फिजिक बिधा प्रतियोगितामा समावेश गरिएको कुरा सो संघका अध्यक्ष सुरेश सुवेदी बताउँछन्, "हामीले प्रतियोगिताको तयारी शुरु गरि रहदां थुप्प्रै आलोचनाको सामना गर्नु पर्यो । प्रतियोगितामा महिलाहरु सहभागिताका विषयमा धेरैले शंका व्यक्त गरे । प्रथम पटक भए पनि ६ जना महिला खेलाडीहरु सहभागीता जनाए" उनले भने ।
निर्मला महर्जन:- नेपालका महिला बडिबिल्डिङ्ग तथा फिटनेसका अग्रणी योद्धा निर्मला महर्जन हुन । उनि झन्डै आज भन्दा २० बर्ष अधि देखि आजका मितिसम्म उत्तिकै लगनका साथ यो क्षेत्रमा लागि परेका एक निडर महिलाको हुन्, जसले नेपाली महिलाहरुका लागि फिटनेसको लागि ढोका उघारे ।
सन् २०१५ थाइलैण्डकोमा सम्पन्न बिश्व शारीरिक सुगठन प्रतियोगिताको महिला फिजिकमा सहभागिता हुने नेपाली महिला खेलाडी बनिन । सन् २०१६ मा भुटानमा सम्पन्न १६ औ एशियन शारीरिक सुगठन प्रतियोगिताको महिला मोडल फिजिक्समा उनको सहभागिता रह्यो । सन् २०१७ मा दक्षिण कोरियामा सम्पन्न ५१ औं एशियाली शारीरिक सुगठन प्रतियोगिता महिला एथलेटिक्स फिजिक्समा चौथो स्थान प्राप्त गर्न सफल भइन् । सो प्रतियोगिता जान लाग्ने सम्पुर्ण खर्च समेत आफैले व्यवस्था गर्नु परेको दुखसो उनले सुनाइन् । हाल नेपाल शारीरिक सुगठन तथा फिटनेस संघ अन्तर्गत राष्ट्रिय निर्णायकका रुपमा देशभरिका महिलाहरुका लागि शारीरिक सुगठनमा लाग्ने प्रेरणाको श्रोत बनेकी छिन् ।
ननिता बज्राचार्य (महर्जन) : किर्तिपूर निवासी ननिता महर्जनले आफ्नो शारीरिक सुगठन खेलको उपाधी जित्ने यात्रा बि.स. २०७३ मा भएको प्रथम मिष्ट्रर काठमाडौ तथा महिला फिटनेस प्रतियोगिताबाट गरेकी हुन् । हालसम्म उनिले दुइवटा अन्तर्राष्ट्रिय पदकहरु हासिल गरिसकेकी छिन् । उनि सन् २०१६ थाइलैण्डकोमा सम्पन्न ८ औ बिश्व शारीरिक सुगठन प्रतियोगिताको महिला एथलेटिक्स फिजिक बिधामा कास्य पदक ल्याएर शारीरिक सुगठन खेलको बिश्व च्याम्पियनशिपमा पदक ल्याउने पहिलो नेपाली महिला खेलाडी बनिन् ।
उनले सन् २०१७ मा मगोलियमामा भएको ९ औ बिश्ब शारीरिक सुगठन प्रतियोगिताको महिला एथलेटिक्स फिजिक्समा देशलाइ रजत पदक दिलाएकि थिइन् । बिदेशी भुमीमा नेपाली झन्डा फहराउन सफलता प्राप्त गरेको भन्दै नेपाल शारीरिक सुगठन तथा फिटनेस सघ किर्तिपूर नगरपालिका लगतयत बिभिन्न सध सस्थाहरुले सम्मान उनलाइ सम्मान गरेका छन् । शारीरिक सुगठनमा लाग्दा उनले पनि अरु महिला सरह शुरुमा निकै अप्ठाराहरुको सामना गर्नु परेको सुनाइन् । शारीरिक सुगठन खेलको तयारी गर्दा अरु खेलमा भन्दा बढी खर्च लाग्ने गरेकाले सम्बन्धित पक्षबाट आवश्यक सहयोगमा जोड दिनुपर्ने कुरा उनले बताइन् ।
रजनी श्रेष्ठ : विगत केहि वर्ष देखि शारीरिक सुगठनमा लागेकी छन्, रजनी श्रेष्ठ । शुरुमा उनको घाटीमा आएका गाँठाहरुको उपचार गर्न क्रममा चिकित्सकले क्यान्सरको आशंका गरेर थप जांचका लागि पठाए । उनका श्रीमानले उनिलाइ व्यायाम गरेर धेरै रोग निको हुने भएकाले व्यायाम गर्ने सल्लाह दिए । पछि रजनीले नियमित व्यायाम गरेर रोगबाट मात्र मुक्ति पाइनन्, उपधि समेत हात पारिन् । यहि खेलबाट बि.स. २०७४ सालमा सम्पन्न दोश्रो मिष्ट्रर काठमान्डौ शारीरिक सुगठन प्रतियोगितामा ओमेन फिजिकको उपाधि समेत हासिल गरिन् ।
सन् २०१९ इण्डोनेसियामा सम्पन्न ५३औ एशियाली शारीरिक सुगठन प्रतियोगितामा दोहोरो पदक रजत र कास्य पदक जितेर बिश्व सामु नेपाली महिला समेत कम छैनन् भनेर चिनाइसकेका छन् । सोही वर्ष उनले काठमाडौमा आयोजित १२औ दक्षिण एशियाली शारीरिक सुगठन प्रतियोगितामा रजत पदक प्राप्त गरेकि थिइन् ।उनी बि.स. २०७६ सालमा सम्पन्न सातौं मिष्ठ्रर हिमालय राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा समेत महिला फिजिकको उपाधि जित्न सफल भएकी थिइन् । खेल प्रदर्शनका माध्यमबाट राष्ट्रको गौरब बढाउन सफल भएको भन्दै राष्ट्रिय खेलकुद परिषदले शारीरिक सुगठन विधा तर्फबाट राष्ट्रिय खेलकुद प्रतिभा सम्मान पुरस्कार २०७६ बाट समेत सम्मानित गरेको छ ।
बिनिता राई: बि स २०७५ मा पोखरामा पोखरामा सम्पन्न तेश्रो बुल्समेन राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा महिला फिजिक्सको उपधि जित्ने खेलाडी हुन, बिनिता राइ । उनले सन् २०१९ मा नेपालमा भएको आइएफबिबी प्रोफेसनल लिग बडिबिल्डिङ च्याम्पियनसिपको महिल फिजिकमा स्वर्ण जितेर बडी बिल्डिङको सबैभन्दा ठूलो प्रतियोगिता मानिने ‘मिस्टर ओलम्पिया’का लागि खेलाडी छान्ने खोल्न चाहिने प्रोफेशनल क्वालिफायर कार्ड जित्न सफल भएकी थिइन् ।
नेपालमा प्रो कार्ड जित्न सफल उनी मात्र एक महिला खेलाडी भएको भन्दै WORLD WOMEN LEADERSHIP CONGRESS (WWLC) ले उनलाइ अग्रणी महिला नेता उपाधी दिएको छ । सो प्रतियोगिताको तयारीका लागि यूट्यूब भिडियोहरू हेरेर मञ्चमा प्रदर्शन गर्न सिकेकी उनले बताइन् । प्रतियोगितालाइ आवश्यक पर्ने बिकिनी र हिल समेत नेपालमा नपाएर बिदेशबाट मगाउनु परेको उनले गुनासो गरिन् ।
प्रतिक्रिया