ताजा अपडेट »

एकल प्रयासमा स्थापित खाती प्रतिष्ठान साझा बन्दै

आइतबार, १७ चैत्र २०७५, १२ : ०१
28 Shares
आइतबार, १७ चैत्र २०७५
28 Shares


दिया तिवारी

चैत १७,
बुटवल । सुब्बेनी आमा रतनबाई खाती प्रतिष्ठान, बुटवलको नवौं साहित्य सम्मान तथा पुरस्कार वितरण कार्यक्रम शनिवार बुटवलमा सम्पन्न भएको छ ।

खाती प्रतिष्ठानले नेपालको साहित्य क्षेत्रमा विशिष्ट योेगदान पु¥याएको उल्लेख गर्दै, कार्यक्रकका प्रमुख अतिथि एवंम नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य प्राज्ञ माया ठकुरीले प्रतिष्ठानका संस्थापक अजम्बरध्वज खातीको एकल प्रयासबाट थालनी भएको खाती प्रतिष्ठान आज सबैको साझा प्रतिष्ठान बनेको बताइन् ।

कार्यक्रममा लक्ष्मीदेवी टेकध्वज खाती पुरस्कारबाट कथाकार भागिरथी श्रेष्ठलाई पुरस्कृत गरिएको छ । उनलाई तामाको डालोमा सिक्का राखी, ताम्रपत्र र दोसल्लाबाट सम्मानित गरिएको थियो ।
त्यसैगरी शिक्षाविद् जगतबहादुर जोशी स्मृति सम्मानबाट प्रगतिशील लेखक संघ,नेपालका केन्द्रीय पार्षद मीनबहादुर राना र उपेन्द्र रञ्जना साहित्य, कला, संगीत पुरस्कारबाट शाश्वत कार्की सम्मानित एवम् पुरस्कृत भएका छन् ।

कार्यक्रममा कविवर रामचन्द्र भट्टराई, समालोचक ऋषिराम भुसाल, कथाकार वनमाली निराकार, डा.श्याम न्यौपाने, महेश्वरमान श्रेष्ठ लगायतले सम्मानित एवम् पुरस्कृत व्यक्तित्वहरुलाई बधाईज्ञापन गर्दै खाती प्रतिष्ठानको उच्च प्रशंसा गरेका थिए ।

कार्यक्रममा पुरस्कृत एवम् सम्मानित व्यक्तित्वहरु कथाकार भागिरथी श्रेष्ठ, साहित्यकार मीनबहादुर राना, शाश्वत कार्कीले आफ्ना साहित्यिक मन्तव्य व्यक्त गरेका थिए । सीता गौडेल खातीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन कवि गिरि श्रीसमगरले गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।