ताजा अपडेट »

उत्कृष्ट १२ विद्यार्थी सम्मानित

आइतबार, १७ चैत्र २०७५, ११ : २३
16 Shares
आइतबार, १७ चैत्र २०७५
16 Shares


सबिता टण्डन
चैत्र १७,
बुटवल । अमेरीकी गणितिज्ञ प्रोफेसर डा. जेम्स साइमन्सद्धारा १२ उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको छ । अमेरीकाको न्यूयोर्क सिटिमा अवस्थित निक साइमन्स फाउन्डेशनका संस्थापक अध्यक्ष डा. जेम्सको हातबाट विभिन्न तहमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति मार्फत सम्मान गरिएको हो ।
विहिवार , त्रिभुवन विश्वविद्यालयको गणित केन्द्रिय विभाग, कृर्तिपुरमा नेपाल गणित समाजले आयोजना गरेको छात्रवृत्ति प्रदान समारोहबीच सो सम्मान गरिएको नेपाल गणित समाजका अध्यक्ष प्रोफेसर डा. चेतराज भट्टले बताए । उत्कृष्ट १२ विद्यार्थी मध्ये विद्यावारिधि तहमा अध्ययनरत ७ जनालाई प्रति व्यक्ति रु ३५००० , एमफिल तहका ३ जनालाई प्रति व्यक्ति रु २५००० र स्नातकोत्तर तहका २ जना विद्यार्थीहरुलाई प्रति व्यक्ति रु २५००० प्रदान गरिएको नेपाल गणित समाजका सचिव प्रोफेसर डा. दिनेश पन्थीले बताए । नेपालका युवाहरुको गणित विषयको अनुसन्धानमा प्रेरणा मिलोस् भन्ने हेतुले उत्कृष्ट विद्यार्थीलाई सम्मान प्रदान गरिएको समाजका अध्यक्ष भट्टले बताए । निक साइमन्स फाउन्डेशनले नेपाल गणित समाजलाई उपहारको रुपमा दिएको रकम सो समाजले डा. जेम्सको हातबाट १२ उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गर्ने निर्णय गरे अनुसार सम्मान गरेको पनि उनले बताए ।
निक साइमन्स फाउन्डेशनले नेपाल गणित समाजलाई सन् 2019 देखि सन् 2023 सम्म प्रत्येक वर्षको लागि US Dollar 5000 दिएको छ भने सन् 2018 मा 2500 US Dollar दिएको थियो ।
निक साइमन्स फाउन्डेशन नेपालकै सुधारमा किन त ?
नेपाललाई माया गर्ने एक अमेरीकी नागरिक निक साइमन्स , जसको शरीर अहिले यो संसारमा छैन । सन् 2002 मा अमेरीकाबाट निक नेपाल आएका थिए । नेपालको भाषा , संस्कृतिबाट अनविज्ञ रहेता पनि उनी नेपालमा ९ महिना सम्म बसे र उनी आफ्नो घर न्यूयोर्क फर्के । तर न्युयोर्क फर्के पनि उनको नेपाल प्रतिको मोह जिवित नै रह्यो । उनले आफ्नो आमालाई भनेका थिए । तपाई आश्चर्य नहुनुहोस आमा, म चाहि नेपाल मै आफ्नो पुरा जिवन व्यतित गर्न चाहन्छु ।
तर अपसोच १ सन् 2003 मा निकले स्वीमीङ गर्दागर्दे आफ्नो प्राण गुमाए । निक साइमन्स बितेको झण्डै ३ महिनापछि उनको परिवार नेपालको विकासमा टेवा पुर्योउने सोचका साथ नेपाल आए । निक साइमन्सको सम्झनामा नेपालको पाटन अस्पतालमा प्रसूति वार्ड खोले र स्वास्थ्यकर्मीहरुको एउटा संगठन विकास गरे ।
निक साइमन्स फाउन्डेशन जो अमेरीकाको एक पारिवारिक संस्था हो जुन छोरा निक साइमन्सको सम्झनामा स्थापना गरिएको थियो । यो सस्थाले सन् 2006 देखि नेपालको विशेष गरी ग्रामीण र दुर्गम समुदायको स्वास्थ्य एवम् चिकित्सा क्षेत्रको सुधारमा कार्य गरिरहेको छ । नेपालका विभिन्न जिल्लाका पाटन अस्पताल , पाल्पा मिसन अस्पताल लगायतका अस्पतालहरुमा स्वास्थ्य र चिकित्साको सुधारका लागि तालिम र अस्पतालको लागि सहयोग गरिरहेको छ ।
निक साइमन्स फाउन्डेशनले सन् 2011 मा Gradiant Health System को स्थापना गरेर विश्व भरिका स्वास्थ्य अवस्था सुधार गर्न सहयोग पनि गर्दै आएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।