ताजा अपडेट »

पक्लिहवा कृषि क्याम्पसमा ‘हल्ट प्राइज’ प्रतियोगिता, विश्वका २ हजार बढी सहभागी

मंगलबार, २३ भदौ २०७७, १४ : १३
26 Shares
मंगलबार, २३ भदौ २०७७
26 Shares

बुटवल । विश्वभरका दुई हजारभन्दा बढी विश्वविद्यालयका विद्यार्थीले भाग लिने नोबेल पुरस्कार भनेर चिनिने ‘हल्ट प्राइज’ कृषि र पशु विज्ञान अध्ययन संस्थान, पक्लिहवा क्याम्पस, रुपन्देहीमा आयोजना हुने भएको छ । पक्लिहवा कृषि क्याम्पसमा कृषितर्फ स्नातक तह अध्ययनरत विद्यार्थी बिपिन रिजाल ‘हल्ट प्राइज’ पक्लिहवा क्याम्पसको निर्देशक छनोट भएसँगै कृषि क्याम्पसका विद्यार्थीहरुको लागि विश्वभरीका विद्यार्थीहरुसँग प्रतिस्पर्धा गर्ने र आफु उद्यमी बन्ने सपना पुरा गर्ने ढोका खुलेको हो ।

कार्यक्रम हल्ट फाउन्डेसन, हल्ट इन्टरनेशनल बिजनेस स्कुल र संयुक्त राष्ट्रसङ्घद्वारा संयुक्तरुपमा आयोजना हुँदै आएको छ । डिसेम्बर १५ भित्र हुने उक्त कार्यक्रमको लागि तयारी सुरु गरिएको विद्यार्थी बिपिन रिजालले बताए । गत वर्ष काठमाडौँ विश्वविद्यालय र पुल्चोक क्याम्पस लगायत देशभर गरी २० वटा क्याम्पसमा यो कार्यक्रम भएको थियो । खाद्य सुरक्षा, पानी, उर्जा, शिक्षाजस्ता विषयमा आधारित रहेर हरेक वर्ष अमेरिकी पूर्वराष्ट्रपति बिल क्लिन्टन्ले विभिन्न शीर्षक छान्ने गर्दछन् । यस बर्ष पुर्व राष्ट्रपति बिल क्लिन्टनले तोके बमोजिम “Food for Good” विषयमा आधारित भएर समस्या र त्यसको समाधान प्रस्तुत गर्ने उत्कृष्ट समूहले १० लाख अमेरिकी डलर पुरस्कार पाउने छन् ।

ल्ट प्राइज फाउन्डेसनद्वारा आयोजित प्रतियोगिताको अमेरीकामा हुने फाइनल राउण्डमा सहभागी हुन सुरुमा आफ्नो क्याम्पस वा युनिभर्सिटीमा आयोजित कार्यक्रममा अध्यनरत विद्यार्थीहरुले आफ्नो विचार राख्नेछन् र सो कार्यक्रमको निर्णायक मन्डलले बिजेतालाई अर्को चरणमा पठाउने गर्दछन् र थप विभिन्न राउन्डमा छनोट हुँदै जानु पर्नेछ । प्रतियोगिताले विद्यार्थीहरुमा रहेका इनोभेटिव आइडियालाई व्यवसायिक र सामाजिक उद्यमशीलताको रुपमा विस्तार गर्न ठूलो योगदान दिने र विद्यार्थीहरुको उद्धमशीलताको क्षेत्रमा नविनतम सोच विचार र विकास गर्न टेवा पुर्याउने आशा ‘हल्ट प्राइज पक्लिहवा क्याम्पस’ को रहेको छ ।

धेरै विद्यार्थीको सहभागिताको लागि क्याम्पसमा हल्ट प्राइजबारे जानकारीमूलक कार्यक्रमहरु हल्ट प्राइज पक्लिहवा क्याम्पसद्वारा आयोजना गरिने क्याम्पसले जनाएको छ । यसको सुरुवात क्याम्पस तथा युनिभर्सिटीमा पढ्दै गरेका विद्यार्थीहरुलाई उद्यमशिल बनाएर समाज कल्याणमा सहयोग गर्ने लक्ष्यका साथ २०१० मा अहमद असकार र उनको टिमले मिलेर गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।