ताजा अपडेट »

गुल्मीमा एक युवाको हत्या गरी पसलमा चोरी

सोमबार, २२ भदौ २०७७, १३ : ०९
22 Shares
सोमबार, २२ भदौ २०७७
22 Shares

गुल्मी । गुल्मीमा एक युवाको हत्या गरी नगद र जिन्सी सामान चोरी भएको छ । जिल्लाको इस्मा गाउँपालिका वडानम्बर-१ हस्तिचौरको छिन्ना खोलामा होटेल सञ्चालन गर्दै आएका २३ वर्षीय मोतीबहादुर कुँवरको हत्या भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) प्रवीणलाल श्रेष्ठले जानकारी दिए ।

मोती र उनका दाजु यमबहादुर कुँवरले होटेल सञ्चालन गर्दै आएका थिए । मृतक कुँवरका दाई सोमबार बिहान आउँदा भाइलाई अचेत अवस्थामा रगताम्य फेला पारेको यमबहादुर कुँवरले बताए । मृतक कुँवरको टाउको र शरिरको अन्य भागमा कुटपिट गरेर नगद र जिन्सी सामान चोरी भएको प्रहरीले जनाएको छ । होटलबाट नगद ३५ हजार, १० हजार बराबरको एनसेलको रिचार्ज र होटलमा भएका खुकुरी र डायमण्ड मदिरा पनि चोरी भएको प्रहरी उपरीक्षक (एसपी) प्रवीणलाल श्रेष्ठले जानकारी दिए ।

कुटपिटबाटै ज्यान गएको हुनसक्ने र थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक श्रेष्ठको भनाइ छ । अचेत कुँवरको उपचारका लागि गुल्मी अस्पताल तम्घास ल्याएको केहि समयपछि मृत्यु भएको प्रहरीले जनाएको छ । अहिले जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक केदारराज पन्थको टोली घटनास्थल गएको छ । मृतक कुँवरको इस्मा गाउँपालिका वडा नम्बर-२ मा रहेको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।