ताजा अपडेट »

‘केपिएम अन्तराष्ट्रिय स्तरको शिक्षाको लागि पुल हो’

शुक्रबार, १५ चैत्र २०७५, १३ : १२
114 Shares
शुक्रबार, १५ चैत्र २०७५
114 Shares

शैक्षिक हबका रुपमा पटक–पटक नेपालमै उत्कृष्ट नतिजा ल्याउन सफल रुपन्देहीमा पछिल्लो समयमा करोडौं लगानीमा अत्याधुनिक सेवा–सुविधा सहितका विद्यालयहरु स्थापना तथा स्तरोन्नती भएका छन् । यसै क्रममा तिलोत्तमा नगरपालिकामा ठूलो लगानीका साथ वृहत पूर्वाधार सहितका विद्यालयहरु स्थापना हुुने क्रम बढ्दो छ । यस्तै विद्यालयहरु मध्ये केपिएम एजुकेशन प्रा.लि.एक हो । समय सापेक्ष शिक्षा र विश्व परिवेशमा प्रतिष्पर्धा गर्ने वातावरणमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ स्थापना भएको यस विद्यालयका बारेमा विद्यालयका प्रिन्सिपल प्रध्यापक डाः भृगुनाथ सिंहसँग ग्लोबल आवाजका लागि एन.बी.कंडेलले गरेको कुराकानी :

विद्यालयको सुुरुवात कसरी भयो ?
–बिगत ३ दशकदेखि यस क्षेत्रमा औद्योगिक घरानाका रुपमा परिचत गोयनका समुहले उद्योग ब्यवसायसँगै आफ्नो लगानी समाजलाई पनि प्रतक्ष्य लाभ हुने शैक्षिक क्षेत्रमा पनि गर्नु पर्दछ भन्ने महसुस गरेर भैरहवामा रहेको लुुम्बिनी शिशु सदन बिद्यालयलाई खरिद गरेसंगै नाम परिवर्तन गरी दुुई वर्षदेखि यस तिलोत्तमा– १६ पर्सहवामा केपिएम एजुुकेशन प्रा.लि. का नामा सञ्चालन हुुँदै आएको छ ।

यस क्षेत्रमा यो विद्यालय सञ्चालन गर्नुको उद्देश्य ?
– बुटवल र भैरहवाको बीचमा रहेको यस विद्यालय सञ्चलान गर्नुको उद्देश्यहरु धेरै छन् । सर्वप्रथम यस क्षेत्रमा एउटा अन्तराष्ट्रिय स्तरको सुबिधा सम्पन्न बिद्यालय को अभाव महसुस गरेरनै हो । शान्त र खुल्ला वातावरणमा सामाजिक सांस्कृतिक मान्यता र महत्वलाई उजागर गरी अन्तराष्ट्रिय स्तरको शिक्षा प्रदान गर्नु हो।त्यसैगरी विद्यार्थीमैत्री माहौलमा व्यहारिक र प्रष्पिर्धात्मक जनशक्ति उत्पादन गर्नुका साथै शिक्षासँगै विद्यार्थीको व्यक्तिगत इच्छा र क्षमताको पहिचान गरी उनीहरुमा दक्षता बृद्धि गर्ने चौतर्फी शिक्षा दिनु केपिएमको मुख्य उद्देश्य हो ।


यसका लागि आवश्यक पूर्वाधारहरुको अवस्था कस्तो छ ?
– पक्कैपनि शैक्षिक गुणस्तर र उद्देश्य पूरा गर्नका लागि आवश्यक पूर्वाधारहरुमा भर पर्दछ । यसै विषयलाई मनन गर्दै केपिएम पूर्णरुमा पूर्वाधार निर्माण गरेर अघि बढेको छ । विद्यालयका लागि ४ विघा क्षेत्रफल ,आधुनिक तथा वातावरण मैत्री शिक्षण भवन, अतिरिक्त क्रियाकालपहरुका लागि आउटडोर तथा इन्डोर गेमका संरचना ,डान्स हल , चिल्ड्रेन पार्क, सहज अवात–जावतका लागि नयाँ तथा विद्यार्थी मैत्री सवारी साधन लगाएतका सम्पूर्ण पूर्वाधारहरु रहेका छन् ।

पछिल्लो समय सबै विद्यालयहरुले आफ्नो विद्यालयलाई व्यवस्थित र गुणस्तरीय रहेको दावी गर्दछन् । तपाइँको विद्यालयलाई कसरी फरक मान्ने ?
– हामी अरुको विद्यालय वा अन्य विद्यालय कस्ता छन् भन्ने भन्दापनि हाम्रो विद्यालय कस्तो बनाउनेतर्फ केन्द्रित छौं । करिब ५० करोडको लागत, आवश्यक पूर्वाधार, दक्ष शिक्षण कर्मचारी तथा अन्य कर्मचारीहरुको समूह सहित गुणस्तरीय तथा ब्यवहारिक शिक्षा प्रदान गर्न हामी कटिवद्ध छौं ।

सबै विद्यालयको उद्देश्य गुणस्तरीय र व्यवहारिक शिक्षा नै दिने हुुन्छ । तर, तपाइँहरुको लगानी र उद्देश्य फरक छ । अभिभावकले कसरी बुझ्ने ?
– गुणस्तरीय र व्यवहारिक शिक्षा प्रदान गर्नु सबै विद्यालयको साझा उद्देश्य हो । गन्तव्य एउटै भएपनि पुग्ने तरिका र समय फरक हुन्छ । हामीले भन्नुभन्दा एक पटक विद्यालयमा प्रवेश गर्ने अभिभावकले आँफै बुझ्नुहुन्छ ।

विद्यालय सुरु गर्नु पहिलो सफलता हो । तर, निरन्तरता र गुणस्तरका लागि विद्यार्थी संख्या आवश्यक पर्दछ । हाल कति विद्यार्थी रहेका छन् ?

–हामीले धेरै विद्यार्थी जम्मा गर्ने भन्दापनि हाम्रो कक्षा अनुपात मिलाएर उद्देश्य अनुसारको नतिजा हासिल गर्ने नीतिमा छौं । हाल २ सय बढी विद्यार्थीहरु रहेका छन् । आगामी शैक्षिक सत्रहरुमा थपिने विद्यार्थीको अनुपातमा हामी विद्यालयलाई अघि बढाउँछौं ।

लगानी धेरै छ । पूर्वाधार तथा सेवाहरु पनि गुुणस्तरीय रहेका छन् । तर, सञ्चालनका लागि खर्च धेरै लाग्छ । त्यो खर्च विद्यार्थीबाटै उठाउँदा शुल्क धेरै महङ्गो होला नि ?
–व्यवसायिक व्यक्तित्वहरुले सेवामूलक क्षेत्रमा नाफा कमाउने भन्दापनि यस क्षेत्रमा योगदान गर्ने उद्देश्यले सञ्चालन गरिएको विद्यालय हो यो । शुल्क अन्य विद्यालय सरह नै छ । निजि विद्यालयमा अध्यापन गराउने मध्यमविर्गय परिवारदेखि उच्च आय भएकाहरुले यस विद्यालयमा आफ्ना बालबालिका अध्यापन गराउन सक्नुहुन्छ । त्यसैगरी न्यून आय भएका परिवारका लगनशिल बालबालिकाहरुलाई छात्रवृत्तिको समेत व्यवस्था छ । त्यती मात्र नभई खाना, नास्ता लगाएत पनि निःशुल्क उपलब्ध गराउँदछौं ।

विद्यालयमा कति जना शिक्षक तथा कर्मचारी कार्यरत छन् ?
– विद्यालयमा ३५ जना शिक्षक र २५ जना अन्य कर्मचारी गरी ६० जना कार्यरत छन् । त्यसमा विभिन्न खेलकुदका प्रशिक्षक तथा नृत्य, संगित, कला लगाएतका शिक्षकहरु पनि रहेका छन् ।

तपाइँ त्रिभुुवन विश्व विद्यालयको पूर्व प्रध्यापक । लामो समय शिक्षण क्षेत्रमा विताउनु भएको छ । उक्त अनुभवलाई कसरी नयाँ पुस्ता तथा अभिभावकका पुरयाउनु हुन्छ ?
– हामी अभिभावकलाई रिझाउनतर्फ लाग्दैनौं । हाम्रो पद्धति बारे काउन्सेलिङ गर्छौ । अर्कोतर्फ आधुनिक शिक्षाको नाममा सामाजिक परिवेश र संस्कृतिलाई नै पछि राखेर भन्दापनि प्राथमिकतामा राखेर आधुनिक शिक्षा प्रदान गर्नेछौं ।



निजि विद्यालयमा अंग्रेजी भाषा र माध्यमलाई बढी प्राथमिकता दिइन्छ । त्यस्तै प्राविधिक(कम्प्यूटर)शिक्षाको नाममा शुल्क उठाइन्छ । तर, प्रभावकारी कम देखिन्छ नि ?
– हाम्रो सवालमा अंग्रेजी भाषा हो । नेपाली पनि भाषा हो । नेपाली बोल्नुु हुुन्न, अंग्रेजी बोल्नै पर्छ भन्ने छैन । त्यसैगरी प्राविधिक शिक्षाको नाम मात्र होइन आवश्यकता अनुसार कम्प्यूटर, ल्यापटप व्यवस्था गरेका छौं । सोही अनुसार प्रयोग र अभ्यासका लागि पनि प्रशिक्षण गराउँछौं ।

आगामी वर्षका लागि के कस्ता योजनाहरु रहेका छन् ?
हाल प्रि–नर्सरीदेखि कक्षा १० सम्म सञ्चालन रहेको यस विद्यालयलाई आगामी वर्षदेखि कक्षा ११ पनि सुरु गदैछौं । त्यसैगरी अन्तराष्ट्रिय भाषाको महत्व र आवश्यकता अनुसार चाइनिज भाषालाई पाठ्यक्रममा समावेश गर्दैछौं । विस्तारै कोरिएन, जापनिज लगाएतका भाषाका लागि पनि प्रक्रिया अगाडी बढाउने छौं ।

सुरुवाती दुई वर्षमा के–कस्तो शैक्षिक स्तर तथा प्रतिक्रिया प्राप्त भएका छन् ?
–हाम्रा विद्यार्थीहरु सवल र सक्षम छन् । विभिन्न वर्गका विद्यार्थीहरुमा उनीहरुको क्षमता अनुसार अतिरिक्त क्रियाकलापहरु पनि सञ्चालन हुँदै आएका छन् । विद्यालय समय पश्चात मात्र विद्यार्थीको अध्ययनमा असर नपरोस् र थकान पनि नहोस भनेर अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दछौं । हामी शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा प्रतिष्पर्धात्मक क्षमता विकास गरेका छौं । यस दौरान अभिभावकबाट राम्रो प्रतिक्रिया प्राप्त भएका छन् ।

तपाइँका विद्यालयका अभिभावक लगाएत अन्य नयाँ शैक्षिक सत्रको पूर्वसन्ध्यामा अभिभावकलाई के भन्न चाहानु हुन्छ ?

–वृहत पूर्वाधार देखेर महङ्गो होला भनेर नसोँच्नुु होला । त्यसैगरी नबुुझी गुुणस्तरीय छ भनेर पनि नभन्नुु होला । आफ्ना बालबालिकाको लागि विद्यालय छनौट गर्दा राम्रोसँग बुझ्नुहोला । विशेषगरी स्थानीय अभिभावकले विद्यालयबाट उपलब्ध हुने खाजा, खाना, यातायात सेवा नलिइपनि अध्यापन गराउन सक्नु हुनेछ । अन्त्यमा सबै अभिभावक ज्यूहरुलाई एक पटक विद्यालयमा आएर हाम्रा सेवा सुबिधा तथा शैक्षिक पूर्वाधारको पनि अवलोकनका लागि अनुरोध गर्दछु ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।