ताजा अपडेट »

परीक्षा अगावै प्रश्नपत्र बाहिरिएपछि परिक्षा रद्ध

विहीबार, १४ चैत्र २०७५, १४ : २७
112 Shares
विहीबार, १४ चैत्र २०७५
112 Shares


चैत्र १४,
सप्तरी । सप्तरीमा माध्यमिक परीक्षा शिक्षा (एसइई) सुरु हुनु अघि नै प्रश्न पत्र बाहिरिएको पुष्टि भएपछि आज (बिहीबार) को परीक्षा रद्द गर्न सिफारिस गरिएको छ ।

परीक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले प्रश्न पत्र बाहिरिएको पुष्टि गर्दै विज्ञान विषयको परीक्षा रद्द गर्न सिफारिस गरेका हुन् । हिजो राति नै राजविराजमा विज्ञान विषयको प्रश्न पत्र छ्याप्छ्याप्ती देखिएको थियो । अनुसन्धान गर्ने क्रममा प्रश्न पत्र बाहिरिएको पुष्टि भएको हो ।

प्रश्नपत्र कसरी र कहाँबाट बाहिरिएको हो भन्ने विषयमा भने यकिन हुन सकेको छैन । शिक्षा विकास तथा समन्वय इकाइ कार्यालयको मिलोमतोमा प्रश्न पत्र बाहिरिएको श्रोतको दावी छ । तर, कार्यालयले भने आरोप स्वीकार गरेको छैन ।

प्रश्न पत्र बाहिरिएको विषयमा थप अनुसन्धान भईरहेको प्रजिअ पौडेलले बताए । परीक्षा अमर्यादित बनाएको भन्दै यस अघि एक केन्द्राध्यक्ष, २ सहायक केन्द्राध्यक्ष, ४ जना निरीक्षकसहित १० परीक्षार्थीलाई कारबाही गरिएको छ । सप्तरीमा यस वर्ष ३३ वटा केन्द्रमार्फत सञ्चालन भईरहेको एसइईमा ८ हजार ६१८ परीक्षार्थी सम्मेलित छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।