बुटवल । देशभकार २९३ स्थानीय तहका आधिकारीक वेवसाइट शनिबारदेखि अवरुद्ध भएका छन् । महानगर, उपहानगर तथा नगरपालिकाहरुको वेवसाइट दुई दिनदेखि अवरुद्ध भएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका एक कर्मचारीका अनुसार डाटा वेस सर्भर अपग्रेडिङको काम भइरहेको हुँदा वेवसाइटहरु अवरुद्ध भएका छन् ।
‘अपग्रेडिङको काममा प्राविधिकहरु लागिरहेका छन्, कहिलेसम्म खुल्छ ठ्याक्कै भन्न सकिँदैन ।’-ती कर्मचारीले भने । देशरभर ६ महानगरपालिका, ११ उपमहानगरपालिका तथा २७६ नगरपालिकाहरुको आधिकारीव वेवसाइट अवरुद्ध भएको हो भने अन्य ४६० गाउँपालिकाको आधिकारीक वेवसाइट सुचारु रहेको छ ।
प्रतिक्रिया