ताजा अपडेट »

पुरुषका लागि गर्भनिरोधक चक्की

बुधबार, १३ चैत्र २०७५, १३ : २३
10 Shares
बुधबार, १३ चैत्र २०७५
10 Shares

चैत १३,

काठमाण्डौ । पुरुषका लागि गर्भनिरोधक चक्की बनाउने प्रयास सफल भएको छ । पुरुषले प्रयोग गर्न मिल्ने गर्भनिरोधक चक्की प्रारम्भिक मानवीय सुरक्षा परीक्षण सफल भएको विशेषज्ञले जनाएका छन् ।

दिनको एक पटक खानुपर्ने चक्कीमा शुक्राणु उत्पादन बन्द गर्ने हर्मोन राखिएको छ । पुरुषका लागि अहिले कण्डम वा भ्यासेक्टोमी मात्रै गर्भनिरोधक साधनका रुपमा उपलब्ध छन् । यो चक्कीको प्रयोग हुन थालेमा पुरुषका लागि तेस्रो विकल्प बन्ने छ ।

इन्डोक्राइन सोसाइटीको वार्षिक बैठकमा डाक्टरहरुले यो चक्की बजारमा आउन अझै एक दशक लाग्ने बताएका छन् । महिलाका लागि भने ५० वर्षअघि देखि गर्भनिरोधक चक्की प्रयोग हुँदै आएको छ । तर पुरुषका लागि चक्की बनाउँदा त्यसका कारण यौन चाहना र लिंगको उत्तेजनामा कमी आउने समस्या मुक्त बनाउनुपर्ने भएकाले समय लागेको हो ।

स्वस्थ्य पुरुषमा हरेक समय नयाँ शुक्राणुहरु उत्पादन भइरहेका हुन्छन् । यसको उत्पादनलाई रोक्नका लागि हर्मोनकै प्रयोग गर्नुपर्ने हुन्छ । तयार पारिएको चक्कीले शुक्राणुको उत्पादन त्यसको डोजले कायम रहुन्जेल मात्रै रोकिने गरेको विज्ञले बताएका छन् ।

एलए बायो मेड तथा युनिभर्सिटी अफ वासिङ्गटनका अनुसन्धानकर्ताका अनुसार नयाँ चक्की खान छोडेपछि शुक्राणुको उत्पादन पूर्ववत अवस्थामा फर्किने देखिएको बताएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।