चैत १२
श्यामकृष्ण खुलिमुली
“आहा ! क्या सङ्लो पानी ।”
म उत्साहित भएँ। खोलाको सङ्लो पानीमुनि माछा पौडिरहेका थिए । कुनै ढुङगाको कापमा लुकेका थिए ।
“माछा देखिहाल्दो रहेछ । अब त मार्न (समात्न) सजिलो हुन्छ है ?” मैले साथीलाई भनेँ।
“सङ्लो पानीमा त झन गा¥हो हुन्छ । पानी धमिल्याउनुपर्छ ।” साथीले सुझायो ।
“आ ! धमिलो पानीमा त माछै देखिन्न त । अनि कसरी मार्नु र ?” मैले असहमति जनाएँ।
म माछा समात्न लागेँ। यता हात राख्यो उताबाट भाग्ने, उता हात राख्यो यताबाट भाग्ने । पानीभित्र हात लानेबित्तिकै माछा उम्किहाल्ने । माछा त देखिने तर एउटै हात पार्न सकिएन । म त ट्वाँ परेँ।
बरू साथीले दुवाले छेकी पानी धमिल्यायो र धमाधम माछा समात्न थाल्यो । सङ्लो पानीमा चलाखी गर्ने माछा धमिलो पानीमा अलमलियो । अझ पानी चलाइदिएपछि त आफै आफै पानीमाथि आउन थाल्यो । हो साँच्चै माछा मार्न त पानी धमिल्याउनैपर्ने रहेछ ।
फेरि एकपटक सङ्लो पानी धमिलिएको छ । धमिल्याएको छ । देश धमिलिएको छ । यस्तै अवस्थामा देशी विदेशी मछुवारेहरू माछा मार्न तम्सेका छन् ।
देश – सयौं थुङ्गाले सुशोभित । तर, आज थुङ्गा थुङ्गा फूल झर्न थालेका छन् । मालाको धागो कमजोर हुन थालेको छ । नेपाल – एउटा सानो विश्व । विविध भाषाभाषी र जातजातिको जीवित सङ्ग्रहालय । थरीथरी हावापानीको स्वर्गीय आनन्दानुभूति । प्रकृतिको अनुपम छट्टा, सामाजिक जीवनको अद्वितीय मोजाइक, संस्कृतिको अलौकिक भण्डार । अनेकतामा एकता, एकतामा अनेकता । शान्तिका हिमायती । त्यसैले त यो हिजो बाँचेको थियो, आज बाँचेको छ र भोलि पनि बाँच्नेछ ।
रगतको प्यास सा¥है खतरनाक हुन्छ । हतियारको लत झन् भयानक हुन्छ । देशमा आज रक्तबीजले उपद्रो गर्न थालेको छ । जहाँ न विचार टिक्छ न भावना बाँच्छ , मानवता नै सकुशल रहन्छ । हुन्छ त केवल चित्कार, क्रन्दन र रोदन अनि आतङ्क र भय ।
तर मेरो देश । हो, मेरो देशलाई आँखा लागेको छ । देश दुख्न थालेको छ । हुण्डरी मच्न थालेको छ । फूलहरू च्यातिन थालेको छन् । रगतको प्यास सा¥है खतरनाक हुन्छ । हतियारको लत झन् भयानक हुन्छ । देशमा आज रक्तबीजले उपद्रो गर्न थालेको छ । जहाँ न विचार टिक्छ न भावना बाँच्छ , मानवता नै सकुशल रहन्छ । हुन्छ त केवल चित्कार, क्रन्दन र रोदन अनि आतङ्क र भय ।
नेपाल– जहाँ शेर्पाको मुस्कान छ, तामाङको सेलो छ, गुरूङको रोदी छ, चेपाङको सरलता छ, थारूको मन्द हाँसो छ, बाहुन क्षेत्रीको कर्म छ, मगरको सौम्यता छ, नेवारको परिश्रम छ, मुसलमानको सहनशिलता छ, दलितको पसिना छ, मधेशीको त्याग छ । नेपाल जहाँ हिमाल हाँस्छ, पहाड उन्मुक्त हुन्छ र तराई अन्न भण्डार गर्छ ।
सदियौंदखि नेवार लुटिए, मधेशी हेपिए, मगर ठगिए, शेर्पा बेवास्ता गरिए, गुरूङ पीडित भए, तामाङ खेदिए, चेपाङ पन्छाइए, थारू चुसिए । हो उनीहरू उठ्नुपर्छ, जुट्नुपर्छ, पहिचान खोज्नुपर्छ । हिजो थिचोमिचो गरेर लुटे आज फुटाएर लुट्दैछन् । जातीयताको विष पिउने र पिलाउने, साम्प्रदायिकताको नारा लाउने र लाउन लाउन उकास्नेहरू जातीय युद्धको तानाबाना बुन्दैछन । फुटाएर राज गर्दैछन् । होशियार !
विवेक म¥यो, सनक चढ्यो । भावना तुहियो, क्रोध जन्मियो । सहअस्तित्व ओइलायो, द्वन्द्व पलायो । विचार कमजोर भयो, बल शक्तिशाली भयो । मर्न र मार्न तयार भयो, पानी धमिलो भयो । खै यो के भयो ?
आगोको बीउ सानै हुन्छ । विचारको नाममा जातीयताको आगो झोस्दा युद्ध जित्न सजिलो भाथ्यो । हिजो चिसो थियो र धुवाँ पुतपुताइरहेको थियो तर आज हावा चल्न थालेको छ , “लु” चलेको छ । त्यसैले आगो बल्न थालेको छ, दन्किन थालेको छ । जातको वनमारा झाँगिन थालेको छ । एउटा भयानक युद्ध अभ्यास भएको छ । एउटा दुःस्वप्न देखिन थालेको छ । मानौं अब फेरि आधुनिक जातीय महाभारतको शङ्खघोष हुनथालेको छ–विनाशक । हार्ने त हारियो हारियो, जित्ने पनि नराम्ररी हार्दै छन् । अन्ततः न नेपाल रहन्छ, न नेपाली ।
हो अब राज्यले पनि जात बोल्नुपर्ने भएको छ । क्यामराले पनि जात खिच्नुपर्ने भएको छ, कलमले पनि जात लेख्नुपर्ने भएको छ । …
वर्गयुद्ध गर्नेहरू स्खलित हुँदा देश पचास वर्ष पछाडि धकेलिएको छ ।
राज्यको जात कुन हो ? कलमको जात कुन हो ? क्यामराको जात कुन हो ? हो अब राज्यले पनि जात बोल्नुपर्ने भएको छ । क्यामराले पनि जात खिच्नुपर्ने भएको छ, कलमले पनि जात लेख्नुपर्ने भएको छ । किनकि यहाँ विचार मर्न थालेपछि जातीय भूतहरू बौरिँदैछन्, साम्प्रदायिक पिशाचहरू जन्मिदैछन् । जहाँ सहिष्णुता गौण हुन्छ, मानवीयता ओझेल पर्छ, वर्गीयता लुप्त हुन्छ, विवेक सेरिन्छ, सहअस्तित्व खतरामा पर्छ, आफन्त पराया बन्छ, एकता खलबलिन्छ ।
जातभित्र वर्ग हुन्छ । वर्गभित्र उत्पीडित र उत्पीडक । वर्गयुद्ध गर्नेहरू स्खलित हुँदा देश पचास वर्ष पछाडि धकेलिएको छ । भावनामा बहकेर विष छरेर के भो ? आज जताततै विषवृक्ष उम्रेका छन् । उन्मादमा झुटो सपना देखाएर के भो ? आज सबैले त्यही सपना खोजिरहेका छन् । झूटो सपना देखाएर स्वर्गको महल खडा गर्ने नक्कली इन्द्रहरू पर्दाफास भइरहँदा अझै उही झूटो सपनामाथि टेकेर स्वर्गको सिँढी चढिरहेका छन् । एउटा कमजोर सिँढी । हेर त भाँच्चियो, आफू पनि सिधिन्छ अरूलाई पनि सिध्याउँछ ।
दूरदृष्टिमा चुकेकाहरू युद्धमा चट्टानझैं अडे तापनि क्षणिक चमकका निम्ति अहिले खुट्टा कमाइरहेका छन्, भीडको पछि लागिरहेका छन्, अदृश्य छायाँको निर्देशन मान्दै भिख मागिरहेछन्, देशलाई चिहान बनाई– एउटा सत्ता । बोलिको ठेगान नभएकाहरू गोरा शिक्षकबाट सङ्घीयता पढ्छन्, यूरोपेली कृषि विशेषज्ञबाट संविधान बनाउन सिक्छन्, अमेरिकी इन्जिनियरबाट नेपाली समाजको विश्लेषण पढ्छन् । अनि संविधान बनाउन हिँडेकाहरू कम्प्युटर सिक्छन्, विदेशीसँग कटारो थाप्छन्, संविधान माग्छन्, राज्य पुनसंरचनाको सुत्र खोज्छन्, एनजिओ–आइएनजिओको डलर पचाई डकार्छन्–देश गन्हाउनेगरी । छ्या !
वर्गयुद्ध छायाँमा परेको छ । निर्लज्ज विचारहिन, विवेकहिन पपेटहरू कुर्सीमा बसेर आगोमा घीउ थपिरहेछन्, देशलाई पिज्जा बनाएर खण्डीकरण गरिरहेछन्, देश बेचेर अन्तिम भोज खाइरहेछन् ।
जातको बीउ टुसाएको बेला, साम्प्रदायिक विषवृक्ष उम्रेको बेला, क्षेत्रीय आवाज बुलन्द भएको बेला उत्पीडितको आवाज मत्थर भएको छ, सर्वाल्टनको अधिकार तुहिएको छ, शोषित घाउ चह¥याएको छ । विचारको अवसान भएको छ । वर्गयुद्ध छायाँमा परेको छ । निर्लज्ज विचारहिन, विवेकहिन पपेटहरू कुर्सीमा बसेर आगोमा घीउ थपिरहेछन्, देशलाई पिज्जा बनाएर खण्डीकरण गरिरहेछन्, देश बेचेर अन्तिम भोज खाइरहेछन् । नकाबधारी जातीय महाराजहरू !
अब यहाँ नेवार हुन्छ, शेर्पा हुन्छ, तामाङ हुन्छ, मुसलमान हुन्छ, थारू हुन्छ, मधेशी हुन्छ । नेवाः हुन्छ, ताम्सालिङ हुन्छ, थारूवान हुन्छ, मधेश हुन्छ तर नेपाल ? खोई नेपाल ? खोई नेपाली ? कतै तपाईंले देख्नुभएको छ कि ? -अनलाइन मजदुर
प्रतिक्रिया