शिक्षा विकासको आधार हो । शिक्षा बिना विकासका कुनैपनि कार्यक्रम सञ्चालन गर्न सकिदैन । नेपालको संविधानले शिक्षालाई पहिलो प्राथमिकता दिँदै शिक्षा सम्बन्धि अधिकारलाई मौलिक हकका रुपमा प्रत्याभूत गरेको सन्दर्भमा शिक्षालाई पन्ध्रौ पञ्च वर्षिय योजनाका रुपमा (२०७६/०७७-२०८०/०८१) ले समेत परस्कृत एवम् मर्यादित जीवन र सम्मानित रोजगारी तथा उद्यम विकासको आधार समेत मानेको छ । ज्ञानमा आधारित समाजको माध्यमबाट मुलुकको दिगो विकास शान्ति र समृद्धिका लागि शिक्षालाई महत्वपूर्ण रुपमा अङ्गीकार गरेको छ ।
शिक्षा नैसर्गिक र जन्मसिद्ध अधिकार हो । जसको सबल कार्यन्वयनका लागि संयुक्त राष्ट संघीय मानव अधिकार सम्बन्धि सन् १९४८ को घोषणा पत्र सन् १९८९ को बालअधिकार महासन्धि लगाएतका अन्तर्राष्ट्रिय सन्धिको पक्ष राष्ट्रका रुपमा आफूलाई दर्ज गर्दै आएको नेपालले विद्यालय शिक्षामा सबैको सहज पहुँचमा स्थापित गर्ने लक्ष्यका साथ नीतिगत, संरचनागत, व्यवहारगत, संस्थागत तथा कार्यक्रमगत प्रबन्धमा जोड दिँदै आएको देखिन्छ ।
यद्यपि डिसेम्बर २०१९ मा चाइनाको वुहान सहरलाई इपिसेन्टर बनाएर पहिलोपटक मानव जातिमा नोभेल कोरोना भाइरस अर्थात् कोभिड १९ नामक भाइरस पहिचान भएको थियो । सुरुका दिनमा यस भाइरसले चिनको वुहान सहरमा महामारीको रुपमा लिएको थियो त्यस पछि क्रमशः यो भाइरस फ्रान्स, इटली, इरान, दक्षिण कोरिया, भारत, अमेरिका , मलेसिया, स्पेन, जर्मनी, अष्टेलिया साथै अन्य विभिन्न देशहरुमा फैलिएको यस भाईरस हालसम्म २१५ वटा देश र २ वटा पानी जहाजमा समेत कोरोना भाईरस फैलिएको छ यो रोग पछिल्लो समयमा महामारीका रुपमा फैलिएको यो रोग बाट सारा विश्व नै आक्रान्त भइरहेका छन् ।
नेपालको सन्दर्भमा ९ जनवरी २०२० मा चाइनाको वुहान सहरबाट नेपाल फर्केका एकजना नेपाली विद्यार्थीमा पहिलो पटक कोरोना भाईरस पत्ता लागेको थियो । अहिले नेपालका सबै ७७ वटा जिल्लाहरुमा यस रोग फैलिएको छ । पछिल्लो केही दिन देखि कोरोना भाईरस समुदाय स्तरमा समेत फैलिएको छ यसरी समुदाय स्तरमा कोरोना भाईरस फैलिदै गयो । नेपालमा यस रोगले महामारी लिन्छ नै यसका माध्यमबाट भोकमरीको अवस्था पनि आउन सक्छ ।
यसैगरी हालसम्म कोरोना भाइरसबाट संक्रमित विश्वमा २ करोड ३१ लाख २० हजार ८०२, मृत्यु ८ लाख ३ हजार २१३ यसैगरी निको हुने १ करोड ५७ लाख १४ हजार ९९३ यसैगरि नेपालमा संक्रमित ३१ हजार ११७ र मृत्यु १४६ जनाको भएको छ भने निको हुने संख्या १८ हजार ३५० रहेको छ । कोभिड १९ अर्थात् कोरोना भाइरसका कारण १ अर्ब ३० करोड विद्यार्थी प्रत्यक्ष रुपमा यस रोग प्रभावित भएका छन् । विश्वभरका विद्यालय बन्दा बन्दीको अवस्थामा रहेका छन् । यसैगरि नेपालमा मात्र सामुदायिक र संस्थागत गरी कुल ८१ लाख २७ हजार २६३ विद्यार्थी प्रभावित कोरोना भाइरसका कारण विद्यालय जान नपाएर प्रभावित भएका छन्।
यसरी विभिन्न तथ्यांकलाई आधार मानेर हेर्ने हो भने नेपालको शैक्षिक क्षेत्रमा यस भाईरसले नकारात्मक रुपमा शैक्षिक क्षेत्रमा ठूलै प्रभाव पारेको छ । जसको कारण दिर्घकालमा शैक्षिक क्षेत्र अझै पछाडि जाने अवस्था आउन सक्छ । यसैगरि कोरोना भाइरस अझै लामो समयसम्म रहि रहने हो भने नेपालको शिक्षा क्षेत्रमा अति ठुलो क्षति हुने छ । महामारीले हामीलाई शिक्षाका हरेक पाटामा नराम्रो असर पारेको छ जुन असरलाई तत्काल समाधान गर्ने अवस्था पनि नेपाल सरकारसँग छैन।
नेपालमा पछिल्लो दिनहरुमा कोरोना भाइरसको फैलावट जिल्ला तथा समुदाय स्तरमा बढ्दो क्रममा छ । अहिलेको यस अवस्था महामारी नियन्त्रणको दिनहरु कुर्नु भन्दा पनि महामारीसँग सँगै हाम्रा दैनिकीलाई समायोजित गर्दै पहिचान पहुँच, प्राथमिकता र प्राप्यता जस्ता सन्दर्भको बुद्धिमत्तापूर्ण उपयोग मार्फत विद्यालय शिक्षालाई कोरोना कहरका बिचबाट सञ्चालन गराई विद्यालय शिक्षालाई जीवन्त राख्नुको विकल्प छैन ।
विश्व जगत् अहिले कोरोना महामारीका कारण आर्थिक, राजनैतिक, सामाजिक र सांस्कृतिक रुपमा क्षत विक्षत हुन गई गरिबी, बेरोजगारी र भोकमरी जस्ता समस्याबाट थिलथिलो परेको सन्दर्भमा शिक्षा क्षेत्र पनि कोरोना कहरबाट प्रताडित मात्र भएन की शैक्षिक क्यालेन्डरलाई भताभुङग पारेको छ । शैक्षिक प्रक्रियालाई अब कसरी सञ्चालन गर्ने भनेर समेत अन्यालको स्थितिमा पुर्याएको छ जसले गर्दा अबका दिनमा कसरी विद्यालय सञ्चालन गर्न सकिन्छ । भनेर एउटा ठोस निर्णय नेपाल सरकार तथा सम्बन्ति निकायले नियर्ण गर्न सकेको छैन । यद्यपी कोरोना भाइरसले विद्यालय क्षेत्रमा पारेको सकारात्मक तथा नकारात्मक प्रभावहरु बुँदागत रुपमा
नकारात्मक प्रभावहरु
१. करिब १ अर्ब ३० करोड विद्यार्थी प्रभावित हुने गरी विश्वभरका विद्यालय बन्द भएकाले अनेपक्षित ढंगले शैक्षिक क्षति भएको छ । जसको प्रभाव विद्यालयको शिक्षण सिकाईमा परेको छ ।
२.नेपालमा मात्र सामुदायिक र संस्थागत गरी कुल ८१ लाख २७ हजार २६३ विद्यार्थी प्रभावित हुने गरी विद्यालय बन्द छन् । जसका कारण समग्र शैक्षिक क्यालेन्डर नै प्रभावित हुन गई १५ औ योजनाको लक्ष्य, दीर्घकालिन सोच २१०० र दिगो विकासमा लक्ष्य चित्रण गरिएको शिक्षाको गन्तव्य समेत प्रभावित हुने दखिन्छ ।
३. बालबालिकाको शिक्षण सिकाइका प्रभावित हुनुका साथै विशेषगरी सीमान्तकृत बालबालिकाको शिक्षा, स्वास्थ्य, सुरक्षा र पोषण समेत नकारात्मक असर परेको छ ।
४. डब्लुएफका अनुसार अति विपन्न राष्टका बालबालिका दिन भरीको एक छाक खानाको लागि प्राय विद्यालयको भरपर्दछन् । तर अहिले कोभिड १९ का कारण विद्यालय बन्द भए सँगै संसार भरका करिब ३७ करोड बालबालिकाले पोषणययुक्त भोजन गुमाइरहेका छन् ।
५.बढ्दो शैक्षिक असमानता, कमजोर स्वास्थ्य अवस्था, हिंसा, बालश्रम तथा बालविवाह जस्ता जोखिम बढ्ने सम्भानवा देखिन्छ ।
६. सुरक्षित समय आउना साथ विद्यालयलाई पुन सञ्चालन गर्न सकेनौ भने शिक्षामा अपूरणीय क्षति हुने सम्भावना उच्च छ ।
सकारात्मक प्रभावहरु
१.समय परिवेश अनुसार आफूलाई अद्यावधिक गरी शिक्षण सिकाइका बैकल्पिक माध्यमको प्रयोग मार्फत सिक्न र सिकाउन तयारी हुनुपर्ने कुराको सकारात्मक सन्देश प्राप्त भएको छ ।्
२. शिक्षा प्रणालीमा प्याराडाज्म सिप्ट हुदैछ भने शिक्षा क्षेत्रमा गरिदै आएको राष्टिय लगानी र प्राथमिकता समेत पुनर्विचार गर्ने अवसर प्राप्त भएको छ ।
३.विद्यार्थी र शिक्षक दुवै पक्षलाई शिक्षण सिकाइका सवालमा प्रविधि मैत्री बन्नका लागि प्रेरित गरेको छ ।
४. पहुँच र प्राप्यताका आधारमा रेडियो, टेलिभिजन र इन्टरनेटको माध्यमबाट अनलाइन, भर्चूअल क्लास र जुम मिटिङ जस्ता बैकल्पिक सिकाई माध्यमका लागि वातावरण तयार हुदै छ ।
५. प्रविधिको उपयोग गर्ने बानीको विकास हुन थालेको छ । जहाँ अनलाईन अफलाईन दुवै माध्यमबाट शिक्षण सिकाई मार्फत सिकाईलाई निरन्तरता दिने अवसर प्राप्त भएको छ ।
६. प्रविधिको सहि उपयोग मार्फत स्वतः अध्ययन गर्ने बानीको विकास भएको छ ।
अन्त्यमा कोभिड १९ ले विद्यालय शिक्षा र विद्यालय जाने उमेर समुहका बालबालिकाको मनोविज्ञानमा अतुलनिय क्षयति पुर्याएको छ । कोभिड १९ महामारीबाट उत्पन्न भएका हरेक समस्याको दिर्घकालिन असर बालबालिकाहरुमा रहिरहने छ । जसलाई न्यूनीकरणको लागि घरपरिवार, समाज ,शिक्षाविद्, मनोविद लगाएत सम्बन्धित पक्षले रणनीतिक कार्ययोजना बनाउन आवश्यक छ ।
प्रतिक्रिया