ताजा अपडेट »

सर्वोच्च अदालतमा शिशु स्याहार केन्द्र

सोमबार, ११ चैत्र २०७५, १६ : ०८
32 Shares
सोमबार, ११ चैत्र २०७५
32 Shares

चैत ११,
काठमाडौँ । सर्वोच्च अदालतले न्यायपालिकामा कार्यरत महिला कर्मचारीहरूको समस्यालाई ध्यानमा राखेर ‘दिवा शिशु स्याहार केन्द्र’ स्थापना गरेको छ ।

सर्वोच्च अदालत परिसरमा स्थापना गरिएको सो केन्द्रको आइतबार सर्वोच्च अदालतका मुख्य रजिस्टार नृपध्वज निरौलाले उद्घाटन गर्दै विशेषगरी महिला कर्मचारीहरू सुत्केरी बिदा सकिएपछि शिशुलाई कसरी हुर्काउने भन्ने समस्याबाट चिन्तित हुने र शिशु घरमै भएपछि काममा समेत प्रभावकारीता नहुने भएकोले यसको न्युनीकरणका लागि सो केन्द्रको स्थापना गरिएको बताए ।

विद्यालय जानुअघि कर्मचारीका छोराछोरीलाई शारीरिक, बौद्धिक र मानसिक विकास गराई समयानुकूल वातावरणमा प्रवेश गराउनु नै केन्द्रको मुख्य उद्देश्य रहेको शिशु स्याहार केन्द्रको स्थापना गर्न खटिनुभएकी शाखा अधिकृत सम्झना सिंखडाले जानकारी दिइन् ।

शिशु स्याहार केन्द्रमा बालबालिकालाई आवश्यक पर्ने पौष्टिक आहारको व्यवस्था मिलाइएको छ । सुरूमा दुई जना आमा ९कर्मचारी० को व्यवस्था गरिएको छ भने आवश्यक सहयोगका लागि सर्वोच्च प्रशासनलाई जिम्मा दिइएको छ ।
सो केन्द्रमा ६ महिनादेखि ३ वर्षसम्मका बालबालिकालाई राखिने भएको छ । स्याहार केन्द्रमा रहने बालबालिकाको भर्ना आइतबारदेखि सुरू भइसकेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।