ताजा अपडेट »

एक्सपर्ट क्विज छनौट : सैनामैना हुँदै लुम्बिनी

आइतबार, १० चैत्र २०७५, १९ : ४५
20 Shares
आइतबार, १० चैत्र २०७५
20 Shares


चैत १०,
बुटवल । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज प्रा.लिद्वारा आयोजित ‘एक्पर्ट क्विज’ अन्तर्गत सैनामैनामा सञ्चालित छनौट चरण सम्पन्न भएको छ । छनौट चरण अन्तर्गत शनिबार सैनामैनामा सम्पन्न भए लगत्तै आइतबारदेखि लुम्बिनी सांस्कृतिक नगरपालिकामा सुरु भएको छ ।
सैनामैनाबाट सुनगाभा मावि.प्रथम , प्रभात आवासीय मा.वि.द्धितिय र दुर्गा भवानी मावि तृतिय भएका छन् । उनीहरुले क्रमशः नगद १० हजार ,रु ७ हजार,५ हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।

प्रा.लि.का निर्देशक रोशन कंडेलले राष्ट्रिय स्तरको प्रतियोगिताको लागि नेपालका १७ जिल्लामा प्रतियोगिता सञ्चालन भइरहेको बताउँदै रुपन्देहीबाट ६ ओटा समूहले मात्र प्रतिष्पर्धा गर्न सक्ने बताए । बुटवल उपमहागरपालिका,देवदह नगरपालिका,तिलोत्तमा नगरपालिका,सिद्धार्थनगर नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिकाबाट ,सैनामैनानगरपालिकाबाट एक–एक विद्यालयहरु छनौट भई उपाधिका लागि प्रतिष्पर्धा गर्ने कार्यक्रम संयोजक कमल ज्ञवाललीले बताए ।

विजेताले उपाधिसँगै नगद रु ३ लाख प्राप्त गर्ने निर्देशक कंडेलले जानकारी गराए । प्रतियोगितामा हाजिरी जवाफसँगै नृत्य लगाएतका प्रतिभाहरुबीच पनि प्रतियोगिता गराइएको र उनीहरुबाट उतकृष्ट हुनेलाई सम्मन तथा पुरस्कार प्रदान गरिएको कंडेलले जनाए । कार्यक्रम प्रा.लि.का निर्देशक रोशन कंडेलको अध्यक्षता । सैनामैना नगरपालिकाका प्रमुख चित्र बहादुर कार्की र कमल भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।