चैत १०
ग्लोबल आवाज
बुटवल । यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षा आइतबार ८ बजेबाट सुुरु भएको छ । रुपन्देहीमा यस वर्ष १७ हजार ४ सय ३ जना परीक्षार्थी सहभागी भएको शिक्षा विकास तथा समन्यव इकाई ,रुपन्देहीका प्रमुख दिपेन्द्र ढकालले जानकारी गराए । उनका अनुसार रुपन्देहीमा ५६ वटा केन्द्र कायम गरिएको छ ।
यस वर्ष रुपन्देहीबाट प्रविधिकतर्फबाट ४४९ जना,खुुल्लातर्फबाट ९७ जना,ग्रेडिङ वृद्धिबाट ४१९ जना, अपाङ्ग ३ जना र अन्य १६४३५ जना गरी जम्मा १७ हजार ४ सय ३ जना विद्यार्थी माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षामा सहभागी भएका छन् । इकाई यस वर्ष विद्यार्थी तथा परीक्षामैत्री वातावरणमा विशेष जोड दिएको प्रमुख ढकालले बताएका छन् । परीक्षाका लागि ५६ केन्द्राध्यक्ष ,८८ जना सहायक केन्द्राध्यक्ष, ८ ६४ जना निरिक्षक,५२१ जना सहयोगी कर्मचारी ८सय ४० जना प्रतक्ष्य सुरक्षाकर्मी लगाएत २३७६ सुरक्षाकर्मी परिचालन गरिएको उनले जानकारी गराए ।
उनले भने‘ हामीले सम्पूर्ण तयारीका साथ परीक्षामैत्री वातावरण बनाएका छौं । विद्यार्थीहरुले अनुशासन र परीक्षाको मर्यादा कायम राख्दै शान्तिपूर्ण परीक्षामैत्री वातावरणमा ढुुक्क भएर परीक्षा दिन सुुझाव दिँदै सरोकारवाला सबैलाई सहयोग गर्न अनुरोध गर्दछु। ’ परीक्षालाई सफल बनाउन ३७ बुुँदै आचार संहिता बनाएको बताउँदै उत्कृष्ट केन्द्रलाई सम्मान तथा पुरस्कृत समेत गरिने उनले बताए । त्यसैगरी यस वर्ष प्रदेश नं ५ बाट ७६ हजार ९८३ जना प्रशिक्षार्थी सहभागी छन् ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका अनुसार यस वर्षको एसइई परीक्षामा देशभरबाट कूल ४ लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी भएका छन् । परीक्षार्थीमध्ये दुई लाख ३६ हजार ४४५ छात्र र दुई लाख ३८ हजार ५५८ छात्रा रहेका छन् । प्रदेश नं १ बाट ८३ हजार ८१८, प्रदेश नं २ बाट ७० हजार ५१८, गण्डकी प्रदेशबाट ४८ हजार ६३, र सुदूरपश्चिम प्रदेशबाट ५३ हजार ९७२ परीक्षार्थी सामेल भएका छन् । परीक्षामा सबैभन्दा बढी प्रदेश नं ३ बाट एक लाख ६०२ परीक्षार्थी सहभागी हँुदैछन् । त्यसैगरी सबैभन्दा कम कर्णाली प्रदेशबाट ३५ हजार ६२४ परीक्षार्थी सहभागी हुँदैछन् ।
परीक्षामा देशभर एक हजार ९६९ परीक्षा केन्द्र निर्धारण गरिएको छ भने एक हजार ९६९ केन्द्राध्यक्ष, तीन हजार १६७ सहायकेन्द्राध्यक्ष र २९ हजार ५३५ सुरक्षाकर्मी परिचालित भएका छन् ।
यस वर्षदेखि पहिलोपटक सङ्घीय संरचनाको स्वरुपअनुसार आजबाट सुुरु भएको हो । आगामी २१ गतेसम्म सञ्चालन हुने परीक्षामा नियमित, ग्रेडवृद्धि र प्राविधिक धारका परीक्षार्थी सहभागी हुनेछन् ।
मुलुक सङ्घीयतामा गएपछि पहिलोपटक एसइई परीक्षा व्यवस्थापन, सञ्चालन, अनुगमन, उत्तरपुस्तिका खरीदलगायतका सम्पूर्ण काम प्रदेश सरकारले गर्ने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा डा चन्द्रमणि पौडेललेले बताए ।
उनले यो वर्ष प्रदेशअनुसार प्रश्नपत्र छपाई गरिएको जानकारी दिँदै परीक्षा बोर्डले प्रश्नपत्र छपाई, उत्तरपुस्तिका परीक्षण र परीक्षाफल प्रकाशन गर्ने बताउनुभयो । परीक्षा व्यवस्थापनको सम्पूर्ण काम यस वर्ष प्रदेश सरकारले गर्नेछ भने प्रदेश सरकारले तत्काल परीक्षाफल प्रकाशित गर्न नसक्ने भएकाले यसको जिम्मेवारी भने बोर्डले लिएको उनले जानकारी दिए ।
परीक्षा व्यवस्थापन गर्न प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र शिक्षा विकास तथा समन्वय एकाइले परीक्षा समन्वय समिति गठन गरी केन्द्राध्यक्ष नियुक्ति गरेका छन् । गतवर्ष चार प्रकारका प्रश्न सोधिएको थियो । यस वर्ष प्रदेशअनुसार प्रश्नपत्र छपाई गरिएको अध्यक्ष पौडेलले जानकारी दिए । परीक्षामा साधारणतर्फको अनिवार्य छ विषयका फरक–फरक प्रश्नपत्र बनाइएको र प्राविधिक तथा संस्कृततर्फ सबै प्रदेशमा एकै प्रकारका प्रश्नपत्र बनाइएको छ ।-बुद्धभूमि
प्रतिक्रिया