भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिकाले आईतबार र सोमबार सार्वजनिक विदा गरेको जनाएको छ । ईद-उल-अजहा (बकरीद)को अवसरमा आईतबार तथा रक्षाबन्धनको अवसरमा सोमबार गाउँपालिकाले सार्वजनिक विदा दिएको छ ।
गाउँपालिकाले एक सूचना जारी गर्दै आईतबार तथा सोमबार गाउँपालिका र यस अन्तर्गतका सम्पूर्ण कार्यालय एवम शैक्षिक संस्थाहरुमा सार्वजनिक विदाको घोषणा गरेको हो । गाउँपालिका अध्यक्ष सनोज कुमार यादवले अहिले कोभिड- १९ का कारण बिषम परिस्थिति रहेको कारण सावधानीपूर्वक पर्वहरु मनाउन अपिल गरेका छन् ।
प्रतिक्रिया