ताजा अपडेट »

अनेरास्ववियू लुम्बिनी इन्जिनियरिङ्ग कलेजद्वारा शिक्षा मन्त्रीलाई ध्यानाकर्षण

आइतबार, ११ साउन २०७७, १८ : ४४
18 Shares
आइतबार, ११ साउन २०७७
18 Shares

बुटवल । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) लुम्बिनी इन्जिनियरिङ्ग मेनेजमेण्ट एण्ड साइन्स कलेज रुपन्देहीले शिक्षा मन्त्री गिरिराजमणी पोखरेललाई ध्यानकर्षण गराएको छ ।

विगत ८ महिनादेखि पोखरा विश्वविद्यालयको भिसी, रजिस्टार र डिन जस्ता प्रमुख पद रिक्त रहेकाले तत्काल रिक्त पद पुरा गर्न माग गर्दै संघठनले जिल्ला प्रशासन कार्यालय रुपन्देही मार्फत आइतबार शिक्षा मन्त्री पोखरेललाई ध्यानकर्षण पत्र बुझाएको हो । लामो समयसम्म विश्वविद्यालयका महत्वपूर्ण पद रिक्त हुँदा ३५ हजार विद्यार्थीहरुको भविष्य नै अन्यौलमा परेकाले रिक्त पदमा तत्काल सक्षम र बौद्धिक व्यक्तितवलाई नियुक्ति गर्न दबाब दिनका लागि ध्यानकर्षण पत्र बुझाएको विद्यार्थी नेता आशिष गौतमले बताए ।

साथै अनेरास्वीयूले यथाशिग्र रिक्त रहेका पदमा निष्पक्ष रुपमा नियुक्ति गरि विश्वविद्यालयका शैक्षिक कार्यक्रमहरु सूचारु गर्न आग्रह गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।