बुटवल । त्रिभुवन विश्व विद्यालय (त्रिवि)ले स्थगित विभिन्न तहका परीक्षा भदौ दोस्रो सातादेखि सञ्चालन गर्ने तयारी गरेको छ । त्रिवि व्यवस्थापन संकाय डिनको कार्यालयले शुक्रबार प्रकाशित गरेको सूचनाका अनुसार इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गत सञ्चालन हुने स्नातकोत्तर तहको परीक्षा भदौ ७ देखि र स्नातक तहको प्रथम, तेस्रो, पाँचौ तथा सातौं तहका सत्रान्त परीक्षाहरु भदौ १५ देखि सञ्चालन हुनेछ ।
सरकारले कोरोना संक्रमणलाई रोकथाम गर्नका लागि गत चैत ९ गतेदेखि लकडाउन जारी गरेपछि विभिन्न तहका परीक्षाहरु स्थगित हुनुका साथै बाँकी परीक्षाको पनि तालिका प्रकाशन हुन सकेको थिएन । ७ गतेबाट लकडाउन खुलेसँगै त्रिविले परीक्षा लिने तयारी गरेको हो ।
प्रतिक्रिया