ताजा अपडेट »

मौसम पूर्वानुमान : तीन दिन पहाडी क्षेत्रमा पानी पर्ने

सोमबार, ०४ चैत्र २०७५, १० : ३७
18 Shares
सोमबार, ०४ चैत्र २०७५
18 Shares

 

चैत ४,
काठमाण्डौं । आजदेखि बुधबारसम्म ३ दिन मेघ गर्जन सहित देशका पहाडि भूभागमा हलका पानी पर्ने संभावना रहेको जल तथा मौसम पूर्वानुमान शाखाले जनाएको छ । आज, भोली र पर्सी बुधबार सम्म देशका पुर्बी भूभाग र पहाडी भू भागमा आंशिक देखि सामान्य बदली रहने अनुमान गरिएको छ । पहाडी भूभागका केहि स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको मौसम पूर्वानुमान शाखाको अनुमान छ ।

आज देशको पूर्वी भागमा हल्का बर्षा हुने, भोली पश्चिमी क्षेत्रमा हलका बर्षा हुने मौसमविदले जनाएको छन् । पश्चिमी वायुको प्रभाव र प्रि मनसुन सुरु हुन लागेका कारण मौसममा गढबढ देखिएको महाशाखाले जनाएको छ ।

यद्यपी आज काठमाण्डुमा भने पानी पर्ने संभावना कम रहेको छ । छाता बोक्यो भने घाम पानी दुबैलाई काम लाग्छ, ठूलो पानी पर्ने अवस्था नभएपनि छिटपुट बर्षा हुने संभावना छ ।आज राती पनि देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली केही स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ ।

यस्तै भोली मंगलबार पनि देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहि बाँकी देशको पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ ।राती भने केही स्थानमा बादल लागेपनि अन्य स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।

यस्तै, बुधबार दिउँसो पनि देशका धेरै जसो भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । देशको पश्चिमी पहाडी क्षेत्र तथा मध्य तथा पूर्वी क्षेत्रको पहाडी भेगका थोरै स्थानहरुमामा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको मौसम पूर्वानुमान शाखाको अनुमान छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।