ताजा अपडेट »

प्रधानमन्त्री केपी ओलीको समर्थन गर्दै बुटवलमा प्रदर्शन

शुक्रबार, १९ असार २०७७, १८ : ३७
34 Shares
शुक्रबार, १९ असार २०७७
34 Shares

बुटवल । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका कार्यकर्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा बुटवलमा प्रदर्शन गरेका छन् । मदनभण्डारी स्पोर्टस एकेडेमीको अगुवाइमा आयोजित प्रदर्शनमा प्रधानमन्त्री ओलीलाई निर्वाध काम गर्न दिनुपर्ने माग गर्दै बुटवलमा प्रदर्शन गरिएको हो । बुटवलको मिलनचोकमा जम्मा भएका उनिहरुले प्रधानमन्त्रीका पक्षमा नाराबाजी गर्दै लुम्बिनी बस टर्मिनल, अस्पताल लाईन पुष्पलालपार्क हुदै ट्राफिकचोक पुगी गोण सभाको आयोजना गरेका थिए ।

पार्टीको जारी स्थायी कमिटी बैठकमा सहभागी स्थायी कमिटी सदस्यहरु लगायत पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष बामदेव गौतम, बरिष्ठ नेताहरु माधव कुमार नेपाल र झलनाथ खनाल समेतले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजिनामा माग गरेपछि पार्टीको बिवाद कार्यकर्ता तहमा पुगेको छ । बिहिवार काठमाडौंको माईतिघर मण्डलाबाट सुरु गरिएको प्रदर्शन शुक्रबार देशका अन्य शहरहरूमा समेत आयोजना गरिएको छ ।

बुटवलमा भएको प्रदर्शनमा पुर्व एमाले कार्यकर्ताहरुको बाक्लो उपस्थित देखिएको थियो भने छिटफुट रुपमा पुर्व माओवादी केन्द्रका कार्यकर्ता समेत सहभागी थिए । प्रदर्शनका सहभागीले प्रधानमन्त्रीले पुरा समय निर्वाध रुपमा काम गर्न पाउनुपर्ने भन्दै नारावाजी गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।