ताजा अपडेट »

तिलोत्तमाले वैकल्पिक माध्यमबाट शिक्षण सिकाइ सञ्चालन गर्दै

मंगलबार, १६ असार २०७७, १९ : ३८
14 Shares
मंगलबार, १६ असार २०७७
14 Shares


तिलोत्तमा । तिलोत्तमा नगरपालिकाले कोरोना सङ्क्रमणका कारण विद्यालयहरु सञ्चालन गर्न नसकिने अवस्थालाई मध्यनजर गर्दै वैकल्पिक माध्यमबाट शिक्षण सिकाइलाई निरन्तरता दिने भएको छ । नगरपालिकाले कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरुलाई लक्षित गरी रेडियोबाट लुम्बिनीबाट असार १८ गतेदेखि शिक्षण सञ्चलन गर्ने भएको हो ।

मंगलबार नगरपालिकाले वैकल्पिक शिक्षण सिकाइमा सहभागी हुने शिक्षकहरुका लागि आयोजना गरेको अभिुखीकरण कार्यक्रममा सहभागी विभिन्न विद्यालयका प्रअ तथा शिक्षकहरुले नगरपालिकाको यो प्रयासमा साथ दिने बताए ।तिलोत्तमा नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा भएको कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले कोरोना सङ्क्रमणका कारण उत्पन्न विषम परिस्थितिमा संघीय सरकारले वैकल्पिक माध्यमबाट शिक्षण सिकाइलाई अगाडि बढाउने नीति अगाडि सारेकोले सोही अनुसार तिलोत्तमामा पनि सिकाइ प्रक्रिया अघि बढ्न थालेको बताए । उनले यो कार्यमा सबैको साथ र सहयोगको अपेक्षा राखेको बताए ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद शर्मा, तिलोत्तमा नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख गंगाराम आचार्य,शिक्षा समितिका सदस्य दामोदर भुसाल, शिक्षा शाखा अधिकृत शारदा भट्राई, टंक पौडेल, मधुप्रसाद ज्ञवाली कुलप्रसाद लामिछाने, दीपक गौतम लगायतले आआफ्नो धारणा राखेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।